+

कांग्रेसको सयदिने अभियान : ‘सदस्यता घर–आँगन’

काभ्रे । नेपाली कांग्रेस काभ्रेपलाञ्चोकले जिल्लामा ‘सयदिने अभियान’शुरु गरेको छ । 

अभियानअन्तर्गत जिल्ला समितिले ‘सदस्यता घर–आँगन’ कार्यक्रमलाई प्राथमिकता दिएको जनाएको छ । पार्टी सङ्गठन निर्माणमा बुधबारदेखि जिल्ला समितिद्वारा १३ वटै स्थानीय तहका १ सय ३५ वटै वडामा नेता– कार्यकर्ता खटेका हुन् । 

अभियानमा मृत्यु, राजीनामा, विदेश, पार्टी परित्यागका कारण रिक्त रहेको सभापति बाहेकको पदमा केन्द्र र जिल्लाको परिपत्रअनुसार पदपूर्तिको व्यवस्था गरिने भएको छ । पार्टी विधानबमोजिम तोकिएको सदस्यता सम्बन्धी काम गर्ने, गराउने र सदस्यता विशेष अभियानको रुपमा ‘सदस्यता घर आँगन’ अभियान  सञ्चालनलाई प्राथमिकता दिइएको जिल्ला समितिले जनाएको छ । 

यसैगरी पालिका–काठमाडौँ सम्पर्क समिति गठन नभएका स्थानीय तहमा पनि बनाइने जनाइएको छ । अभियानमा पार्टी र जनप्रतिनिधिको बीचमा संयन्त्र गठन गरिने भएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट