+

सात कम्पनीको शेयरमा लाग्यो सर्किट

काठमाडौँ ।  नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ३९ दशमलव ७० अंकले बढेर २ हजार ७ सय ५६ दशमलव ३६ बिन्दुमा रोकिएको छ । नेप्से परिसूचक १ दशमलव ४६ प्रतिशतले बढेको हो । 

आज  ३ सय १६ कम्पनीको १ करोड ७१ लाख ४३ हजार ५सय ८४ कित्ता शेयर, ८९ हजार पटक खरिद बिक्री हुँदा ९ अर्ब ३१ करोड २९ लाख ३४ हजार ८ सय ४० रुपैयाँको कारोबार भएको छ ।  कारोबारमा आएका ७ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

विशाल बजार कम्पनी, कर्णाली बिकास बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक,सर्पोट माइक्रोफाइनान्स, सप्तकोसी डेभलपमेन्ट बैंक र मानुशी लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । मिथिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा भने आज नकारात्मक सर्किट लागेको छ ।

वित्त समूहको उपसूचक शून्य दशमलव ४७ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा बढी व्यापार समूह ९ दशमलव २७ र विकास बैंक समूह तीन दशमलव १८ प्रतिशतले बढेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट