+

३३ अंकले बढ्यो नेप्से

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३३ दशमलव ४१ अंकले बढेको छ । 

परिसूचक मंगलबार १ दशमलव २४ प्रतिशतले बढेर २ हजार ७ सय १६ दशमलव ६६ बिन्दुमा अडिएको छ । आज सय १२ कम्पनीको १ करोड ४२ लाख ९२ हजार ७ सय ४२ कित्ता शेयर, ७५ हजार ५ सय ७२ पटक खरिदबिक्री हुँदा ७ अर्ब ४४ करोड ९८ लाख ९८ हजार९  सय ८७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

बैंकिङ एक दशमलव २०, विकास बैंक शून्य दशमलव ४९, वित्त समूह एक दशमलव ५१, होटल तथा पर्यटन शून्य दशमलव ६४, जलविद्युत् एक दशमलव ९७ र लगानी समूह एक दशमलव १३ प्रतिशतले बढेको छ । त्यस्तै, जीवन बीमा एक दशमलव ०२, उत्पादन तथा प्रशोधन एक दशमलव ०८, लघुवित्त शून्य दशमलव ८५, म्युचुअल फन्ड शून्य दशमलव २३, निर्जीवन बीमा शून्य दशमलव ८१, व्यापार एक दशमलव २९ र अन्य समूह एक दशमलव ६८ प्रतिशतले बढेको छ ।

सपोर्ट माईक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड, युनाईटेड आईडिआई मर्दी हाईड्रोपावर लिमिटेड र कुथेली बुखरी स्मल हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । थ्रीस्टार हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको ४५ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।  खरिदबिक्री भएका शेयरका आधारमा सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको ६ लाख ८८ हजार दुई सय ३६ कित्ता शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट