+

धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ

काठमाडौँ ।  सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ । 

आज बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको सञ्चार तथा सुचना  प्रविधिमन्त्री  पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो । 

राजनीतिक विवादका कारण लामो समयदेखि धितोपत्र बोर्डले नेतृत्व पाउन सकेको थिएन । तत्कालीन अध्यक्ष रमेश हमालको कार्यकाल गत साल पुस २० गते सकिएसँगै बोर्ड नेतृत्वविहीन रहेको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट