काठमाडौँ । राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा नेपाल पत्रकार महासङ्घका पूर्वसभापति डा सुरेशप्रसाद आचार्य सिफारिस हुनुभएको छ ।
सभामुख देवराज घिमिरेको अध्यक्षतामा सोमबार बसेको सिफारिस समितिको बैठकले प्रमुख आयुक्तमा उहाँलाई सिफारिस गरेको हो । आचार्य पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निकट मानिनुहुन्छ । पूर्वप्रधानमन्त्री देउवाले विगतमा पार्टी फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनाउँदा आचार्य त्यसको प्रवक्ता हुनुहुन्थ्यो ।
यसैगरी, समितिले प्रेस चौतारी नेपालका पूर्वअध्यक्ष गगन विष्ट र पूर्वसचिव दुर्गा भण्डारीलाई सूचना आयुक्तमा सिफारिस गरेको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिनुभयो ।
प्रतिनिधिसभाका सभामुख अध्यक्ष र सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाल पत्रकार महासङ्घका अध्यक्ष सदस्य रहने तीन सदस्यीय सिफारिस समितिले प्रमुख सूचना आयुक्त र आयुक्त सिफारिस गर्ने प्रावधान छ ।
प्रमुख आयुक्तमा १५ जना र आयुक्तमा २९ जनाले आवेदन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- घट्दै टेलिकमबाट राजस्व
- एमसिसीले थप ६ अर्ब ८० करोड सहायता प्रदान गर्ने
- वीरगञ्जबाट धानचामल आयात बढ्यो
- मुगुमा भूकम्प
- १९ वर्षमा सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ४१ प्रतिशत
- प्रधानमन्त्री कप महिला क्रिकेट आजदेखि
- बझाङमा फेरि अर्को जीप दुर्घटना, चालकको मृत्यु
- आज देशभरको मौसम सफा रहने पूर्वानुमान
- बझाङ जीप दुर्घटना अपडेट : जीपमा सवार चारै जनाको मृत्यु
- विमानको आपतकालीन ढोका खोल्नेलाई जरिवाना