+

‘माओवादी हिंसा’ मै अल्झियो संसद , अर्को बैठक भदौ ३० मा बस्ने

काठमाडौँ । सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरुबीच ‘हिंसा’ शब्दको पक्षविपक्षमा भएका बहसले प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।  प्रतिनिधिसभा भदौ ३० गते बस्ने गरी बैठक स्थगित भएको हो । 

प्रतिनिधिसभाको भदौ १२ गतेको बैठकमा नेकपा एमाल का सांसद योगेश भट्टराईले नेकपा माओवादी केन्द्रले संचालन गरेको तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा हिंसा भएको उल्लेख गर्नुभएकोे थियो । त्यो बैठकमा नेकपा माओवादी केन्द्रका सांसदहरुले त्यसप्रति आपत्तिप्रकट गर्दै संसद्को रेकर्डबाट त्यो शब्द हटाउन माग गर्दै आएका छन् । 

सभामुख देवराज घिमिरले हिंसा शब्दका बारेमा अध्ययन गर्न सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिनुभएको थियो । सभामुखले आजको बैठकमा हिंसा शब्द असंसदीय नरहेकाले रेकर्डबाट हटाउन नपर्ने सदनलाई जानकारी गराउनुभएको छ । 

सभामुखले यस्तो जानकारी गराए लगत्तै माओवादी केन्द्रका सांसदहरुले संविधानविपरीत हिंसा शब्द प्रयोग गर्न दिएको भन्दै आसनबाट उठेर विरोध जनाउनुभयो । सभामुखले समय दिएपछि माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र सांसद देवेन्द्र पौडेलले हिंसा शब्दको प्रयोगले सशस्त्र द्वन्द्वलाई होच्याउने काम गरेको भन्दै आपत्ति प्रकट गर्नुभयो ।
      
 नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला र सांसद रघुजी पन्तले हिंसा शब्द कुनै व्यक्तिप्रति लक्षित नगरिएको र सशस्त्र द्वन्द्वमा भएका जघन्य तथा अमानवीय क्रियाकलापप्रति लक्षित रहेको स्पष्ट पार्नुभएको छ ।

बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसदहरु उभिएर विरोध जनाइरहेपछि सभामुख घिमिरेले बैठकमा कार्यसूची अघि बढाउन पटकपटक आग्रह गर्नुभयो । सभामुखले आग्रह गर्दा पनि प्रतिपक्षी दलका सांसदहरु उभिरहेपछि आजको बैठक स्थगित गरिएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट