+

मोरङको बूढीगंगामा करेन्ट लागेर किसान दम्पतीको मृत्यु

मोरङ। मोरङको बूढीगंगा गाउँपालिमा करेन्ट लागेर किसान दम्पतीको मृत्यु भएको छ । 

करेन्ट लागेर गाउँपालिकाको वडा नम्बर ५ स्थित नयाँ टोलमा बस्दै आएका भारत भागलपुरका ७५ वर्षीय कैलाश मण्डल र ७२ वर्षीय कुमादेवी मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मण्डल दम्पती बूढीगंगा–५ मा देवनारायण चौधरीको फुसको छानो भएको घरमा बस्दै आएका थिए  । उनीहरुले त्यहाँ भाडामा लिएर खेतीपाती गर्दै आएका थिए ।

मोरङका  डिएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार उनीहरुलाई आज बिहान विद्युत प्रवाह भइरहेको मोटर चलाएर पानी तान्ने क्रममा क्रममा करेन्ट लागेको हो । करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको हो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट