+

उपसभामुखलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न सत्ता गठबन्धनको आग्रह

काठमाडौँ । सत्ता गठबन्धनले  उपसभामुख इन्दिरा रानामगरलाई पदबाट  राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको छ । 

उपसभामुख रानामगरले राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा सहभागी हुन ५ जनाको अन्तर्वार्ता अगाडि सारिदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेख्नु भएको थियो । चार पुरुष र एक महिलाका लागि उपसभामुखले पत्र लेखे पनि अमेरिका जान भने पाएका थिएनन् । २०२३ को फेब्रुअरीमा लेखेको त्यही पत्र केही समय अघि सार्वजनिक भएको थियो । पत्र सार्वजनिक भए लगत्तै संसदमा यो विषय उठेको हो ।

त्यही विषयलाई लिएर उपसभामुख रानामगरको आलोचना हुँदै आएको छ । सत्ता गठबन्धनले यही विषयलाई लिएर उपसभामुख रानामगरलाई पदबाट  राजीनामा दिएर मार्गप्रशस्त गर्न आग्रह गरेको हो ।  सत्ता साझेदार दलको सोमबार साँझ बसेको बैठकमा उपसभामुख इन्दिरा रानामगरको विषयले प्रवेश पाएको हो । ‘उपसभामुखविरुद्ध परेको उजुरी गम्भीर प्रकृतिको छ, हटाउनेबारे छलफल भएको हो’ बैठकमा सहभागी एक नेताले भन्नुभयो ।  राज्य व्यवस्था तथा सुशासन समितिमा उपसभामुख रानामगरविरुद्ध उजुरी परेको छ । 

संसद् बैठकमा सांसदहरुले कुरा उठाएको र राज्य व्यवस्था समितिमै उजुरी परिसकेको विषयमा सत्तारुढको बैठकमा छलफल हुनु स्वाभाविक रहेको अर्का एक नेताले बताउनुभयो । 
‘हटाउने भन्ने कुराले राजनीतिक वातावरण राम्रो गर्दैन । तर उपसभामुखले गरेको काम गम्भीर प्रकृतिको छ’ उहाँले भन्नुभयो–  ‘हामीले मार्ग प्रशस्त गरिदिन आग्रह गर्नेबारे छलफल भयो । गम्भीर प्रश्न उठेपछि मार्ग प्रशस्त गर्नु नै उचित विकल्प पनि हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट