+

हात्तीले चार घरमा क्षति पुर्‍यायो

झापा ।  जिल्लाको बिर्तामोड नगरपालिका–७ स्थित डाँडागाउँमा गएराति हात्तीले चारवटा घरमा क्षति पुर्याएको छ । राति आएका चारवटा हात्तीले चार घरमा क्षति पुर्याएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णकुमार चन्दले हात्तीले ती घरमा क्षति पु-याउँदा ३  लाख १० हजार रुपैयाँ बराबरको क्षति भएको जानकारी दिनुभएको छ । हात्तीले स्थानीय नवराज लिम्बू, डम्बर विक, सोनु सुनुवार र खगेन्द्र घिमिरेको घरका पर्खाल भत्काउनाका साथै घरभित्र अन्नपातसमेत नष्ट गरेको उहाँले बताउनुभयो ।

बिर्तामोड–७ का वडाध्यक्ष कृष्णप्रसाद खरेलले अस्थायी प्रहरी चौकी गारामनीमा हात्ती बस्ती पसेर स्थानीयको घरमा क्षति पुर्याएको विषयमा जानकारी गराइएको बताउनुभयो । घटनाको जानकारी पाएपछि प्रहरी घटनास्थल पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै