
नेपालगंज । नेपालगञ्जमा पर्यटन प्रवर्द्धनका लागि विशेष कार्यक्रम गरिने भएको छ । नेपालगञ्जका तारे होटलले सन् २०२४ को शुभारम्भमा आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि विशेष कार्यक्रम तय गरेका छन् । नयाँ वर्ष २०२४ का अवसरमा यहाँस्थित होटल सिद्धार्थले सांस्कृतिक कार्यक्रमसहित नयाँ वर्ष विशेष कार्यक्रम आयोजना गर्ने भएको हो ।
‘नेपालगञ्जमा चर्चित गायक प्रकाश दूतराजसहित स्थानीय कलाकारको विभिन्न प्रस्तुति रहने गरी नयाँ वर्षको कार्यक्रम तय भएको छ’, सिद्धार्थ ग्रुपका निर्देशक केशव न्यौपानेले भन्नुभयो, ‘यसले आन्तरिक तथा बाह्य पर्यटकलाई यहाँ ल्याउन र पर्यटन क्षेत्र चलायमान बनाउन भूमिका खेल्ने छ ।’
कार्यक्रममा भारतका विभिन्न क्षेत्रबाट उत्साहजनक सहभागिता हुने न्यौपानेले बताउनुभयो । नयाँ वर्षको विशेष कार्यक्रममा ६ सय बढीलाई सहभागी गराउने गरी तयारी गरिएको उहाँको भनाई छ । होटल सोल्टीले पनि आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनका लागि नयाँवर्ष विशेष कार्यक्रम आयोजना गरेको छ । आर्थिक मन्दीले सुनसान जस्तै बनेका तारेहोटललाई नयाँ वर्ष विशेष कार्यक्रमले केही चलायमान बनाउने आशा गरिएको होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष भास्कर काफ्लेले बताउनुभयो । कार्यक्रमले तारे होटलसँगै अन्य मध्यम होटलमा पनि चहलपहल गराउने र पर्यटन प्रवर्द्धनमा सहयोगी बन्ने उहाँको भनाई छ ।
एक दशकयता नेपालगञ्जमा तारेसहित दर्जन बढी सुविधासम्पन्न होटल सञ्चालनमा छन् । सोल्टी, स्नेहा, सिद्धार्थ, सिटी प्यालेस र स्टार लाइटलगायत सुविधासम्पन्न होटलले विशेषतः भारतीय पर्यटकलाई लक्ष्य बनाएको होटल व्यवसायी महासंघ बाँकेका पूर्वअध्यक्ष भीम कँडेलले बताउनुभयो । उहाँका अनुसार नेपालगञ्ज र कोहलपुरमा होटल व्यवसायमा १२ अर्ब रुपैयँँ भन्दा बढी लगानी भएको छ । यसअघि सञ्चालनमा आएका होटललाई पनि स्तरोन्नति गरेर लगानी बढाउनेक्रम जारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने