
पोखरा । आहा रारा पोखरा गोल्डकप २३औँ संस्करण माघ ९ देखि २० सम्म सञ्चालन हुने भएको छ । मोफसलकै सर्वोत्कृष्ट राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित फुटबल प्रतियोगिता आहा रारा गोल्डकप पोखरा रङ्गशालामा सञ्चालन गर्न लागिएको हो ।
फुटबल प्रतियोगिता सहारा क्लब पोखराले आयोजना गर्दै आएको छ । प्रतियोगिताका लागि यस वर्ष अखिल नेपाल फुटबल सङ्घबाट समय तालिका प्राप्त भएपछि तयारी शुरु गरिएको क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिनुभएको छ । ‘खेलकुदको विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रूपमा स्थापित गरौँ’ भन्ने उद्देश्यका साथ वर्षेनी हुँदै आएको प्रतियोगितामा यसपटक विदेशी टोली, ‘ए’ डिभिजनका क्लब, मोफसलका टोली र आयोजकको टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने क्लबले जनाएको छ ।
गत संस्करणको विजेता सङ्कटा क्लब काठमाडौँ तथा उपविजेता भुटनिज युथ स्पोर्टस् क्लब, मिनिसोटा, अमेरिका रहेका थिए । ‘आत्मा साक्षी राखी मन, वचन र कर्मले सामाजिक सेवा गरौँ’ भन्ने नाराका साथ विसं २०५५ मा स्थापित सहारा क्लबले आयोजन गर्ने प्रतियोगिता पोखराकै पर्यायवाचीका रूपमा लिने गरिन्छ । आहा रारा गोल्डकप देशकै पुरानो मध्येको एक प्रतियोगिता हो । प्रतियोगितालाई पहिलो संस्करणदेखि मुख्य प्रायोजकमा हिमश्री फुड्स प्रालिको उत्पादन आहा तथा रारा चाउचाउले गर्दै आएको छ ।
उत्कृष्ट पाँच विधाको पुरस्कार सूर्यबहादुर केसीको स्मृतिमा प्रायोजन गरिएको छ । राष्ट्रिय सर्वोत्कृष्ट वर्ष खेलाडी पुरस्कार सहारा क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङद्वारा प्रायोजन गरिएको छ । ‘म्यान अफ दी म्याच’, ट्रफी, नगद र मेडल, सहारा युकेले सहयोग गर्ने महासचिव अधिकारीले बताउनुभयो । प्रतियोगितामा बचत हुने रकम क्लबबाट सञ्चालित सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिनेछ ।
क्लबले विपन्न तथा कठीन परिस्थितिका बालकलाई आवासीय रूपमा निःशुल्क स्वास्थ्य, शिक्षादीक्षालगायत फुटबल प्रशिक्षण गर्दै आएको छ । क्लबले सहारा फुटबल एकेडेमी सञ्चालन गरी बालकहरूलाई फुटबल खेल सिकाउँदै आएको छ । हाल चौंथो ब्याचको एकेडेमीमा ८ जिल्लाका १४ जना बालक आश्रित छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- रास्वपा सहमहामन्त्री सुमना श्रेष्ठले किन दिइन् राजीनामा ?
- चलचित्र विधेयक संसदमा पेश हुने
- अब निषेधित क्षेत्रमै प्रदर्शन गर्छौं : राजेन्द्र लिङ्देन
- कोरलामा व्यापारिक चहलपहल बढ्यो
- ‘द्वन्द्वकालका जघन्य अपराधलाई माफी दिन सकिँदैन’
- आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री ऐन २६ वर्षपछि कार्यान्वयनमा
- हुम्लामा अत्यधिक वर्षा, पहिरोले २६ बाख्रा पुरिए
- उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा
- बाइस लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
- ‘जसले न्याय खोज्दाखोज्दै प्राण त्यागिन्’