
काठमाडौँ । १४ वर्ष अगाडि लाखौ कोशिस गर्दा पनि तिमीलाई भुल्न गार्हो भो गीतमा संगीत भरेर चर्चामा आएका गायक सरोज के लामाको शब्द संगीत र स्वरमा रहेको ’साझँ पर्नु अघि ’गीतको भिडियो सार्वजनिक भएको छ ।
यथार्थ कथामा निर्माण भएको गीती भिडियोमा प्रेम र विछोडलाई निकै आकर्षक ढंगबाट समेटिएको छ । एक सफल संगीतकार मात्र नभई एक सफल गीत रेकर्डिङ्ग स्टुडियो संचालक समेत हुन । साथी भेटन गएकी प्रेमी आफुलाई गुधुली साँझ हुदाँ पनि नआएको अवस्थालाई गीतलाई चित्रण गरिएको छ ।
आफनो प्रेमिकाले अर्काको अगालोमा बेरिदाको विरही भावलाई गीतमा चित्रण गरिएको छ । आफनो माया लाई सुन्दर ठाउँ पुर्याउनको लागि अग्रसर भएको अवस्थामा छोडेर प्रेमिका जादाँ आफूलाई अफ्ठ्यारो महशुस भएको गीतमा गरिएको छ । सरोजराज गिरीको छायाँकन , रोशन धितालको सम्पादन तथा सरोज के लामाको निर्देशनमा भिडियो तयार गरिएको छ ।
’साझँ पर्नु अघि ’ राम स्यानताङ , पूर्णिमा मगर, विजय लामाको फिचरिङमा रहेको छ । गीतको भिडियो तथा अडियो पक्ष अब्बल भएको कारणले पनि आम दर्शक तथा स्रोताले मन पराउनेमा आफू आशावादी रहेको गायक सरोज के लामाको भनाई छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध