
बाग्लुङ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल गृहजिल्ला बाग्लुङमा सम्मानित हुनुभएको छ । अध्यक्ष ढकाललाई बुधबारदेखि शुरु भएको ‘७ औँ बाग्लुङ महोत्सव’मा सम्मान गरिएको हो ।
बाग्लुङ नगरपालिका–१२ अमलाचौरमा जन्मिनुभएका अध्यक्ष ढकाललाई बाग्लुङ महोत्सव उद्घाटनका लागि आउनुभएका राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान गर्नुभएको हो । बाग्लुङ उद्योग बाणिज्य संघले अध्यक्ष ढकाललाई व्यावसायिक क्षेत्रमा बाग्लुङको शान बढाएको भन्दै सम्मान गरेको हो ।
आइएमई ग्रुपका अध्यक्ष समेत रहनुभएका ढकालले व्यावसायिक क्षेत्रमा पाएको सफलताले बाग्लुङको चिनारी थप विस्तार भएको भन्दै उहाँलाई सम्मान गरिएको हो । सामान्य परिवारमा जन्मिनुभएका अध्यक्ष ढकालले लामो समयको अथक मेहनतपछि व्यावसायिक क्षेत्रमा सफलता प्राप्त गर्नुभएको छ । अध्यक्ष ढकालले आफूले आफ्नो जन्मभूमिमा पाएको सम्मान अमूल्य रहेको उल्लेख गर्दै महोत्सव आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष ढकालसँगै बाग्लुङका अर्का व्यवसायी अशोक शेरचनलाई पनि सम्मान गरिएको छ । शेरचन प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृत हुनुहुन्छ । उहाँहरु दुवैजनाले बैंकिङ लगायतका क्षेत्रमा लगानी गर्नुभएको छ । बाग्लुङ महोत्सवको शुरुवातदेखि अहिलेसम्मका महोत्सव सञ्चालन गर्न योगदान दिएका पूर्व अध्यक्षहरुलाई पनि संघले सम्मान गरेको छ । सम्मानित हुनेहरुमा सहदेव राजभण्डारी तथा पूर्व अध्यक्षहरु ध्रुवराज गौतम, बसन्तकुमार श्रेष्ठ, जयराम भारी र युवराज राजभण्डारी रहनुभएको छ ।
कोरोना भाइरस संक्रमणका कारण चार वर्ष रोकिएकोमहोत्सव यसपाली आयोजना गरिएको हो । महोत्सव पुस २१ गतेसम्म चल्ने आयोजकले जनाएका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने