
बैतडी । बैतडीमा जारी प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा बझाङले विजयी शुरूवात गरेकोे छ । मंगलबार सम्पन्न खेलमा बझाङले दार्चुलालाई ७ विकेटले पराजित गर्दै जित हासिल गरेको हो ।
जितका लागि पाएको ९१ रनको झिनो लक्ष्यमा बझाङले १५।२ ओभरमा ३ विकेटको क्षतिमा पुरा ग¥यो । बझाङका लागि अभिनाश मल्लले ४४ रनको योगदान गरे । उनी म्यान अफ द म्याचसमेत बनेका छन् । दार्चुलाका लागि नरेन्द्र महराले २ विकेट लिए ।
यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा टस जितेर पहिला ब्याटिङ गरेको दार्चुला १७.५ ओभरमा ९० रनमा समेटियो । दाचुलाका लागि विपीन धामीले सर्वाधिक २८ रन बनाए । बझाङका सुशील रावल र अशोक धामीले समान ३÷३ विकेट लिए ।
पहिलो खेलमै जित निकालेको बझाङले च्याम्पियन बन्ने सम्भावना छ । दार्चुला भने लगातार ३ खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको छ । प्रतियोगिताअन्तर्गत बुधबार बझाङ र डडेल्धुरा प्रतिस्पर्धा गर्नेछन् ।
सदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको आयोजना तथा बैतडी जिल्ला क्रिकेट संघको सहआयोजनामा पुस ८ गतेदेखि प्रतियोगिता सञ्चालन भएको हो । प्रादेशिक क्रिकेट सङ्घले यसवर्षदेखि २ चरणमा प्रदेश छनोट गरिररहेको छ । पहिलो चरणमा बैतडीमा प्लेट च्याम्पियनसिप भइरहेको छ । दोस्रो चरणमा कैलालीमा इलिट च्याम्पियनसिपका खेल हुनेछन् ।
प्लेट च्याम्पियनसिपमा दार्चुला, बझाङ, डडेल्धुरा, डोटी तथा इलिट च्याम्पियनसिपमा बैतडी, कैलाली, कञ्चनपुर र अछाम सहभागी छन् । गत वर्षको प्रदेश छनोटमा सेमिफाइनलमा पुगेका टोलीले सोझै इलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टोलीले प्लेट च्याम्पियनसिप खेल्न लागेका हुन् ।
प्लेट च्याम्पियनसिपको विजेता टोलीले इलिट च्याम्पियनसिपमा सहभागी हुने सङ्घका उपाध्यक्ष रमेश बोहराले बताउनुभयो । इलिट च्याम्पियनसिपको उद्घाटन खेल पुस १४ गते बैतडी र प्लेट च्याम्पियनसिपको विजेता टोलीबीच हुनेछ । खेलाडीको क्षमता अभिवृद्धिका लागि प्लेट र इलिट च्याम्पियनसिप खेल आयोजना गरिएको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पठनपाठन रोकेर काठमाडौँ ठप्प पार्ने निजी विद्यालयहरूको निर्णय
- एमाले विधान महाधिवेशनको तयारी पूरा
- ४ करोड ९ किलो सुनसहित समातिएका श्रेष्ठलाई राजश्वमा पठाइँदै
- बैंकमा पैसा थुप्रियो, आज ५० अर्ब खिचिँदै
- निजामती सेवा विधेयक राष्ट्रियसभाबाट पारित
- चाडपर्व लक्षित शुपथ मूल्य पसल खुल्दै, कति पाइन्छ छुट ?
- अर्थमन्त्री पौडेल र विश्व बैंकका क्षेत्रीय उपाध्यक्ष जुटबीच भेटवार्ता
- मनाङमा उपनिर्वाचनका लागि भदौ १९ देखि दल दर्ता गरिने
- यी हुन् मन्त्रिपरिषद्का निर्णयहरू
- एमालेभित्र विद्याको पक्षमा लहर बढ्दै, ईश्वर पोखरेलले फरक मत लैजाने