
बाग्लुङ। भोलिदेखि शुरु हुने बाग्लुङ महोत्सवको तयारी पूरा भएको छ । पुस ११ देखि २१ गतेसम्म आयोजना हुने ७ औँ बाग्लुङ महोत्सव–२०८० को तयारी पूरा भएको आयोजक जिल्ला उद्योग वाणिज्य संघले जनाएको छ ।
उद्योग वाणिज्य संघले वर्षको अन्त्रालपछि महोत्सव आयोजना गरेको हो । यसअघि २०७६ सालमा महोत्सव आयोजना गरिएको थियो । विगतका वर्षमा गरिएका महोत्सवले बाग्लुङ बजारको व्यापार फष्टाउँदै आएको थियो ।
कोरोना कहरपछि सुस्ताएको व्यापार बढाउन बाग्लुङ महोत्सव फलदायी हुने बताउँदै तयारी अन्तिम चरणमा पुगेको बागलुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेश कँडेलले बताउनुभयो । “मुख्य मञ्च, स्टल, रमाइलो मेलालगायतको काम सकिएको छ, बाग्लुङ बजार सिँगारिदै छ”, कँडेलले भन्नुभयो, “राष्ट्रपति रामचन्द्र पौडेल आउने भएपछि विशेष तयारी भएको छ ।”
महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेलास्तरमा विकास गर्न लागिएको बताउँदै कँडेलले महोत्सवमा स्थानीय उत्पादनको छुट्टै स्टल राखिने बताउनुभयो । बाग्लुङका स्थानीय उत्पादन सुन्तला, गुन्द्रुक, भाँगो र सिस्नोको पाउडरको प्रवद्र्धन गरिने बताउनुभयो ।
महोत्सवले पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनलाई बजारीकरण गर्नका लागि टेवा पु¥याउने अध्यक्ष कँडेलले बताउनुभयो । महोत्सवमा एक सय २० भन्दा बढी स्टल रहने बताउँदै कँडेलले सामाजिक उत्तदायित्वसहितको महोत्सव गर्न थालिएको बताउनुभयो । महोत्सवको करिब सात लाख दर्शकले अवलोकन गर्ने र १० करोड रुपैयाँको आर्थिक कारोबार हुने कँडेलले बताउनुभयो ।
महोत्सवको अवसरमा खुला रिले दोहोरी तथा लाइभ दोहोरी गीत, खुला महिला तथा पुरुष भलिबल प्रतियोगिता, खुला भजन प्रतियोगिता र युवा उद्यमी सम्मेलन गरिने सङ्घका महासचिव ऋषिराम गौतमले बताउनुभयो ।
उद्योग वाणिज्य सङ्घको सामाजिक उत्तरदायित्वअन्तर्गत महोत्सवबाट बचत भएको रकमले बागलुङ उद्योग वाणिज्य सङ्घको सामाजिक उत्तरदायित्वअन्तर्गत सदस्य कल्याणकारी कोषमा ५ लाख रुपैयाँ जम्मा गर्ने, धौलागिरि बहुमुखी क्याम्पसको छात्रावृत्ति कोषमा सहयोग, बागलुङ बजारमा सिसी क्यामेरा जडानमा सहयोग र कोसेली घर सञ्चालनमा ल्याउनका लागि सहयोग गर्ने पनि उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपासको उद्घाटन
- ६१ किलो सुन तस्करी प्रकरणमा अमला रोक्का पक्राउ
- ‘फ्रि वाईफाईको खेलमा गैरकानुनी झेल’ गर्ने अधिकार कसले दियो ?
- रास्वपाद्वारा संसदबैठक बहिस्कार, प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हट्यो
- आलमलाई सफाइ दिने दुई न्यायाधीश न्यायपरिषदमा तानिए
- विनयी खोलाले यात्रुवाहक बस बगायो, सबै यात्रुको सकुशल उद्धार
- त्रिदेशीय टी-२०आई : अन्तिम खेलमा नेपाल र स्कटल्याण्ड खेल्दै
- पाठकलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश
- मितेरी सहकारी ठगीमा संलग्न भण्डारीलाई कम्बोडियाबाट काठमाडौँ ल्याइयो
- नारायणगढ-बुटवल सडक खण्ड फेरि अवरुद्ध