
गोरखा । गोरखाको शहीद लखन गाउँपालिकाले २०७२ सालमा भूकम्पबाट जोखिमयुक्त बनेका घर तथा संरचना तत्काल भत्काउन निर्देशन दिएको छ ।
पालिकाभित्र भूकम्पलगायत अन्य सबै प्रकारका विपद्का कारण भौतिक संरचनामा क्षति पुगी जोखिमयुक्त बनेका संरचना भत्काउन बाँकी रहेको पाइएपछि गाउँपालिकाले त्यस्ता सबै जोखिमयुक्त संरचना भत्काउन निर्देशन दिएको गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिनुभएको छ ।
‘नेपाल सरकार वा अन्य निकायबाट अनुदान प्राप्त गरेका कतिपय घरधनीले पनि अझैसम्म जोखिमयुक्त संरचना भत्काउन बाँकी रहेको पाइयो’ उहाँले भन्नुभयो– ‘त्यसले क्षतिको थप जोखिम बढाउने भएकाले भत्काउन बाँकी रहेका सबैलाई जोखिमयुक्त संरचना हटाउन भनेका छौँ ।’
विसं २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्पबाट क्षति पुगेका जोखिमयुक्त संरचना भत्काउन र नयाँ सरंचना निर्माण गर्न सरकारले तीन लाख अनुदान उपलब्ध गराएको थियो । तर पालिकाभित्र अनुदान लिएका कतिपय लाभग्राही अझैपनि जोखिमयुक्त संरचनामा बस्दै आएका छन् ।
गाउँकार्यपालिकाको गत वैशाख २६ गते बसेको बैठकले पालिकाभित्रका जोखिमयुक्त संरचना हटाउने निर्णय गरेको थियो । निर्णय अनुसार मङ्गलबार पालिकाले सार्वजनिक सूचना जारी गर्दै सो निर्देशन दिएको हो । गाउँपालिकाले भत्काउन बाँकी रहेका जोखिमयुक्त संरचना एक महिनाभित्रमा हटाउन अनुरोध गरेको छ ।
‘जोखिमयुक्त संरचना जतिबेला पनि खस्न सक्ने, झर्न सक्ने जोखिम बढी हुन्छ’ अध्यक्ष थापामगरले भन्नुभयो– ‘‘यस्तो अवस्थामा मानवीय तथा अन्य भौतिक क्षति हुनसक्ने भएकाले समयमा नै सतर्कता अपनाउन पालिकाले जोखिमयुक्त संरचना हटाउने निर्णय गरेको हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’
- शुद्धोधन गाउँपालिकाका अध्यक्षलाई लक्षित गरी गोली प्रहार
- कक्षा १२ को परीक्षा समेत प्रभावित हुने संकेत
- मकवानपुरगढीमा सवारी दुर्घटनाः दुई जनाको मृत्यु, १४ घाइते
- छ पटक म्याद थप हुँदा पनि पुल निर्माण भएन