+

अपाङ्ग बालबालिकाको उपचार गराइँदै

काभ्रे ।  बनेपास्थित अपाङ्गता बाल अस्पताल तथा पुनःस्थापना केन्द्र (एचआरडिसी)मा अपाङ्गता भएका बालबालिकाको निःशुल्क उपचार शुरु गरिएको छ । काठमाडौँस्थित रोटरी क्लब अफ पशुपतिको ‘ग्लोबल ग्रान्ट’मार्फत उपचार शुरु गरिएको हो । 

त्यो ग्रान्टबाट ६ महिनामा ६ सय ५० बालबालिकाको उपचार गरिने क्लबले जनाएको छ । यसै साता शुरु भएको निशुल्क उपचार सेवा आउँदो कात्तिकसम्म सञ्चालन हुने रोटरी क्लब अफ पशुपतिका अध्यक्ष सूर्यबहादुर अधिकारीले जानकारी दिनुभएको छ । उहाँका अनुसार देशभरका अपाङ्गता भएका बालबालिकाको अवस्था हेरी अस्पतालमै राखेरसमेत उपचार गरिने छ । 

अस्पतालका संस्थापक एवं कार्यकारी निर्देशक प्रा डा अशोककुमार बाँस्कोटाले क्लबको ग्रान्टले अस्पतालको सेवामा थप सहयोग पुगेको बताउनुभयो । उहाँले अस्पतालको ‘मोबाइल क्याम्प’मार्फत सबै जिल्लामा अपाङ्गता भएका बालबालिकाको खोजबिनसहित उपचार गरिने स्पस्ट पार्नुभयो । उहाँले भन्नुभयो– ‘सामान्य जीवनयापनमा शारीरिक अपाङ्गताले असहजता भएकालाई यो उपचार सेवा बरदान सावित हुनेछ ।’

सन् १९८५ मा स्थापना भएको  अस्पतालले सन् २००८ देखि रोटरी क्लबसँगको सहकार्यमा अपाङ्गता भएका बालबालिकाको पहिचान र उपचारमा सहयोग पु(याउँदै आएको छ । हालसम्म एक लाख १० हजार अपाङ्गता भएका बालबालिकाको उपचार गराएकामध्ये ५० हजार बालबालिकाको जटिल प्रकारको शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । अस्पतालले ९५ हजार कृत्रिम तथा सहायता सामग्री बालबालिकालाई उपलब्ध गराएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै