
काठमाडौँ । चलचित्रले पार्ने प्रभाव अन्य माध्यमको तुलनामा बलियो मानिन्छ । यसले आम मानिसमा एककिसिमको सन्देश र भाष्य निर्माण गर्छ । त्यसैले चलचित्रमार्फत विभेद र वर्गीय सङ्घर्षको कथा देखाउने उद्देश्यले निर्देशक दिनेश राउतको निर्देशनमा बनेको चलचित्र ‘पुजार सार्की’ प्रदर्शनको तयारीमा छ ।
‘पुजार सार्की’ को विषयमा जानकारी दिन आयोजित पत्रकार भेटघाटमा निर्देशक राउतले चलचित्रकर्मीको दायित्व बोध गरेर सामाजिक विषयवस्तु चलचित्रमार्फत ठूलो पर्दामा ल्याउन लागेको बताउनुभयो ।
‘हामीले जातीय विभेद र यसले समाजमा पारिरहेको प्रभावलाई भन्नुपर्छ । त्यो समुदायले धेरै बोलिसकेका छन्, अब हामीले चलचिलत्रको माध्यमबाट विभेद अन्त्यमा सघाउनुपर्छ’ निर्देशक राउतले भन्नुभयो– ‘व्यवस्था परिवर्तन भयो तर अवस्था उस्तै छ । यो विषयमा हामीले ध्यान दिनु जरुरी छ, मैले यही कथालाई चलचित्रमा ल्याएको हुँ ।’
शुरुवात समयमा प्रेम कथानक चलचित्र निर्देशन गर्नुभएका निर्देशक राउतले ‘प्रसाद’, ‘प्रकाश’ जस्ता सामाजिक विषयमा चलचित्र निर्देशन गरिसक्नुभएको छ । ‘प्रसाद’ मा जातीय विभेद् र अन्तरजातीय विवाहको मुद्दालाई उठान गर्नुभएको थियो । उहाँले ‘प्रकाश’ मा वर्गीय सङ्घर्षलाई प्रस्तुत गर्नुभयो । यसपटक मिश्रित समाजमार्फत अघिल्ला दुवै चलचित्रको मुद्दालाई उठाएको उहाँको भनाइ छ ।
‘समय अनुसार पात्र र परिवेश फरक हुन्छ । यसपटक हामीले प्रजातन्त्र आउनु अगाडि र पछिको समयलाई चलचित्रमा प्रस्तुत गरेका छौँ । मिश्रित समाज र त्यसमा सङ्घर्ष गरिरहेका समुदायको कथा भन्ने कोसिस गरिएको हो । तर, यो काल्पनिक कथा नभइ समाजमा घटेको घटनामा आधारित छ’ निर्देशक राउतले भन्नुभयो ।
‘पुजार सार्की’ चलचित्रका लेखक विकास सुवेदीले बाल्यकालमा देखेको आफ्नै गाउँको घटनाक्रमलाई कथाको रुपमा लेखेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘पछिल्लो समय हामीले तयार गरिरहेको चलचित्रकै सिलसिलामा नयाँ चलचित्रमा अब यो कथालाई भन्नुपर्छ भन्ने लाग्यो । किनकि काठमाडौँमा बसेर नेपाल बुझ्न सकिँदैन, ग्रामीण संसार र जनजीवन अझैँ सङ्घर्षशील छ ।’
‘पुजार सार्की’मा आर्यन सिग्देल, प्रदीप खड्का, पल शाहलगायतका अभिनेताले अभिनय गर्नुभएको छ । अभिनेता सिग्देलले चलचित्र विषय प्रधानसँगै मनोरञ्जनात्मक पनि रहेको बताउनुभयो ।
‘यसमा हामीले विषय उठाएका छौँ । तर, यो चलचित्र भएकोले यसलाई कलाको शैलीमा तयार गरिएको छ । मैले निभाएको चरित्रले उसले देखेको समाजलाई आफ्नो गाउँमा देख्न चाहन्छ । त्यसका लागि त्यो पत्रा सङघर्षशील छ’ अभिनेता सिग्देलले भन्नुभयो ।
ग्रामीण युवाको भूमिकामा देखिनुभएका अभिनेता खड्काले आफ्नो परिचय आगामी दिनमा ‘मैतबहादुर’ बन्ने विश्वास व्यक्त गर्नुभयो । ‘मैले एउटा फरक जीवन बाँच्ने कोसिस गरेको छु । त्यो जीवनले मलाई त्यो समुदायको समस्यासँग जानकार गरायो’ अभिनेता खड्काले भन्नुभयो ‘हामीले आफ्नो आँखाले अरुको समस्याले हेर्दा बुझ्न सक्दैनौँ । महशुस गर्न त्यो समुदाय भएर बाँच्नु जरुरी छ ।’
उहाँले कास्कीको कास्कीकोट गाउँको स्थानीय लवजदेखि रहनसहनलाई आत्मसात गर्न प्रशिक्षण लिएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हामीले हरेक भूमिका निर्वाहका लागि उत्तिकै मेहनत गरेका छौँ । तर, नतिजाले मात्र मेहनतको चर्चा हुनेछ ।’
सङ्गीतकार सुभाष भुसालले निर्माण गर्नुभएको चलचित्रमा अञ्जना बराइली, परीक्षा लिम्बू, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, शङ्कर आचार्य लगायतको अभिनय हेर्न पाइने छ । चलचित्र बुद्धजयन्तीको अवसर पारेर जेठ १० गतेदेखि प्रदर्शन हुँदैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी