
बाँके । नेपालगञ्जस्थित कृषि ज्ञान केन्द्रमा कृषि अनुदानका लागि दैनिक किसानको भीड लाग्ने गरेको छ ।
ज्ञान केन्द्रले आह्वान गरेको सूचनाका आधारमा कृषि अनुदानका लागि प्रस्तावना दर्ता गरेका ९ सय बढी किसान अनुदानको आशमा दैनिक केन्द्रमा आउने गरेका छन् । ‘सिँचाइ अभावले खेतीमा समस्या व्यहोर्दै आएका किसान अनुदानको पर्खाइमा छौँ’ नेपालगञ्ज–२२ का अगुवा किसान चक्र बुढामगरले भन्नुभयो– ‘ज्ञान केन्द्रले सिँचाइका लागि ‘डिपबोरिङ’मा अनुदान दिने भएपछि आशा जागेको छ ।’
सिँचाइका लागि मोटर तथा डिपबोरिङका लागि सूचना आह्वान गर्दा धेरै किसानले प्रस्तावना दर्ता गरेका कारण वितरणमा चुनौती भएको ज्ञान केन्द्रका कृषिविज्ञ जीवनकुमार केसीले बताउनुभयो ।
अन्न उत्पादनका निम्ति उर्वरभूमि बाँकेमा सिँचाइ अभावले धान, गहुँलगायत खेती वर्षामा निर्भर हुनुपर्ने भएकाले सिँचाइका लागि ठूलो सङ्ख्यामा किसानको आवेदन परेको उहाँले बताउनुभयो । केन्द्रले यस वर्ष एक करोड ५० लाख रुपैयाँ अनुदान दिने तयारी गरेको छ । करिब एक सय किसानलाई एक लाख ५० हजार रुपैयाँका दरले मोटर तथा डिपबोरिङका लागि अनुदान दिने योजना बनाए पनि ठूलो सङ्ख्यामा प्रस्ताव पेस भएकाले अनुदान रकम घटाएर वितरण गरिने कृषिविज्ञ केसीले जानकारी दिनुभयो ।
‘प्रस्तावअनुसार फिल्ड हेर्दा ‘क्लस्टर’ नमिलेको, दोहोरो अनुदानमा संलग्न भएकालाई हटाउँदा पनि अझै पाँच सय किसानका प्रस्ताव बाँकी छन्’ उहाँले भन्नुभयो– ‘अब कृषक समूह र सहकारीलाई १ लाख ५० हजार रुपैयाँ र व्यक्तिगत रूपमा प्रस्ताव पेस गरेका किसानलाई ५० हजार रुपैयाँका दरले अनुदान दिनेगरी सम्झौता गरिरहेका छौँ ।’ सरकारले कृषिप्रति आकर्षण बढाउन तथा उत्पादन वृद्धिको उद्देश्यले किसानलाई अनुदान दिँदै आएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै