
महोत्तरी । आफ्नै घरआँगनमा डालेघाँसको बीउ पाएपछि महोत्तरीको मटिहानीका पशुपालक किसान खुशी भएका छन् । पशुका लागि पौष्टिक आहार मानिने मेनदोला, भटमासे र बकाइनोको बीउ पाएपछि यहाँका किसान दङ्ग भएका हुन् ।
किसानलाई मटिहानी नगरपालिका र हेफर प्रोजेक्टको ‘कृषि तथा पशु विकासमा आधारित साना किसान तथा युवा उद्यमशीलता विकास परियोजना’ कार्यक्रमले आज डालेघाँसको बीउ दिएको हो ।विभिन्न समूहमा आबद्ध महिला किसानलाई जनही मेनदोला–५५०, बकाइनो–१५० र भटमासे–१२० ग्राम दिइएको परियोजना संयोजक महेश यादवले बताउनुभयो । यी घाँस दुधालु वस्तुमा दूध बढाउने, हलक्क बढाउने र मासु प्रयोजनका पशु चाँडै हुर्कने र मासु खँदिलो हुने परियोजनाका वरिष्ठ कार्यक्रम अधिकृत मिथिलेश झाको भनाइ छ ।
आफ्नै घरआँगनमा पोसिलो घाँसको बीउ पाएपछि अब पशुवस्तुका लागि घाँस खोज्न कहाँ जाने भन्ने चिन्ता हराएको पशुपालक महिला किसानको भनाइ छ । ‘प्रतिकूल मौसममा घाँस खोज्न, काट्न र घरसम्म ल्याउन हम्मे नै पथ्र्यो,” मटिहानी–२ का पशुपालक किसान विमला खत्वेले भन्नुभयो– ‘अब आफ्नो घर नजिकै बारीमा घाँस हुर्काएपछि निकै सजिलो हुनेछ ।’ खत्वेजस्तै मटिहानी–३ का ललितादेवी मण्डल र मटिहानी–९ का बच्चीदेवी साफीले पनि अब घरपालुवा पशुवस्तुलाई आफ्नै बारीमा उत्पादित पोसिलो घाँस खुवाउन पाइने भएपछि खुशी लागेको प्रतिक्रिया दिनुभयो ।
मटिहानीमा विभिन्न समूहमा आबद्ध महिला किसानले परियोजनाको सहयोगमा उन्नत जातका बाख्रा र कोरेली बाछी पाल्दै आएका छन् । आज विभिन्न समूहमा आबद्ध दुई सयभन्दा बढी महिला किसानले डाले घाँसको बीउ पाएका छन् ।
महिला किसानलाई आयआर्जनमा उत्प्रेरित गर्न यो परियोजनाले निकै सघाउ पु¥याएको नगरप्रमुख हरिप्रसाद मण्डलको भनाइ छ । नगरका साना पूँजीका महिला परियोजनाको सहयोगबाट पशुपालनमा लागेपछि आर्थिक रुपमा आत्मनिर्भर बन्दै गएका मण्डलले बताउनुभयो । मटिहानी नगरपालिकाले वर्षैनी कृषिलक्षित कार्यक्रम सञ्चालन गर्दै आएको छ । पछिल्ला पाँच वर्षयता बर्सेनि मौसमअनुसारका फलफूल, तरकारी र अन्नबालीका बीउ÷बिरुवासँगै आवश्यक प्रविधिको सहयोग गरिँदै आइएको नगरप्रमुख मण्डलको भनाइ छ ।
पछिल्लो समयमा परियोजनाको सहयोगले हौसिएका नगरका महिला बाख्रा, कोरेली बाछीपालनमा उत्साहित देखिँदा छन् । ‘हामी अब आफँै केही गर्न सक्ने भयौँजस्तो लागेको छ’ मटिहानी–२ का पशुपालक किसान सुजिता यादवले भन्नुभयो– ‘परियोजनाले हामीलाई आत्मनिर्भर बनाउँदैछ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- 'घुस डिल अडियो' प्रकरणमा माओवादीले माग्यो प्रधानमन्त्रीको जवाफ
- स्पेनमा मानव तस्करी प्रकरण : रास्वपाले माग्यो प्रधानमन्त्रीको जवाफ
- सामान्य प्रशासन मन्त्री गुप्ताको 'घुस अडियो'बारे संसदमा उठ्यो प्रश्न
- राजेन्द्र लिङ्देनविरुद्ध निर्वाचन आयोग पुगे नवराज सुवेदी
- रसुवाको बाढी प्रभावित क्षेत्रमा नेपाल र चीनको समन्वयमा पुनर्निर्माण शुरु
- आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- कपिलवस्तुमा यात्रुबाहक बस दुर्घटना, २९ जना घाइते
- कञ्चनपुरमा छाउगोठमा सुतेकी महिलाको सर्पदंशबाट मृत्यु
- प्रधानमन्त्रीसँगै स्पेन गएकाहरु फर्किएनन् : सोबिता गौतम
- केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै