
काठमाडौँ । माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले उम्मेदवारहरूको प्रस्तावित नाम पठाउन मातहतका कमिटीलाई निर्देशन दिएको छ । सिफारिस पठाउँदा प्रदेश एवं मोर्चाहरूले समूह अनुसार संस्थागत रूपमा प्राथमिकताका आधारमा बढीमा तीन जनासम्म प्रस्तावित उम्मेदवारको नाम पठाउनुपर्ने माओवादीले जनाएको छ ।
‘राष्ट्रियसभा सदस्यको रिक्त पदमा यही माघ ११ गते हुन गइरहेको निर्वाचनको लागि सबै प्रदेश एवं मोर्चाहरूले समूह अनुसार संस्थागत रूपमा प्राथमिकताका आधारमा बढीमा तीन जनासम्म प्रस्तावित उम्मेदवारको नाम एक हप्ताभित्र केन्द्रीय कार्यालयमा आइपुग्ने गरी पठाउन निर्देशन पठाउने’, माओवादीले पदाधिकारी बैठकपछि मातहतका कमिटीमा पठाएको सर्कुलरमा भनिएको छ ।
राष्ट्रिय सभा निर्वाचनमा हुने भागबन्डामा माओवादीले सत्ता गठबन्धनबाट ५ वटा सिट पाउने सम्भावना छ । सोहीअनुसार माओवादीले आफ्नोतर्फबाट उम्मेदवार टुङ्गो लगाउनका लागि आवश्यक प्रक्रिया अघि बढाएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
- आज दिनभर वर्षा हुने
- विद्यालय फर्कन प्रधानमन्त्रीले गरेको आग्रह महासङ्घद्वारा अस्वीकार
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’