
काठमाडौँ । प्रहरीले सुकुम्वासी बस्तीबाट लागुऔषधसहित प्रहरीले दुई महिललाई पक्राउ गरेको छ । प्रहरीले काठमाडोंको सिनामङ्गलस्थित सुकुम्वासी बस्तीबाट लागुऔषधसहित महिललाई पक्राउ गरेको हो ।
चितवन घर भएकी ३५ बर्सिया लक्ष्मी परियार र काठमाडौँ महानगरपालिका–९ सिनामङगल बस्ने मिना बस्नेतलाई लागुऔषधसहित पक्राउ गरिएको काठमाडौँ प्रहरी प्रवक्ता नवराज अधिकारीले जानकारी दिनुभएको छ । परिवार र बस्नेतलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ ।
प्रहरी प्रवक्ता अधिकारीका अनुसार लक्ष्मी परियारको डेराबाट १९ दशमलव ८० ग्राम लागुऔषध पोल्यान्ड तथा बस्नेतको डेराबाट नुफ्रिन २४ एम्पुल, फेनारगन ४७ एम्पुल तथा डाइजेपाम ९५ एम्पुल बरामद गरिएको छ ।
परियारको साथबाट ६ हजार ३ सय ५० तथा बस्नेतको साथबाट ४ लाख १० हजार रुपैयाँ समेत नगद बरामद गरिएको प्रवक्ता अधिकारीले बताउनुभयो । उहाँले भन्नुभयो– ‘पक्राउ परेका परियार र बस्नेतको डेरामा छापा मार्दा लागुऔषधसहित नगद बरामद गरिएको र त्यसबारे अनुसन्धान भइरहेको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन