
कैलाली । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्राविधिक टोलीले टीकापुर नगरपालिकाले विपद् व्यवस्थापनका निम्ति गरेका पूर्वतयारीको अनुगमन गरेको छ ।
मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरण, जल तथा मौसम विज्ञान विभाग, राष्ट्रिय पञ्जीकरण विभाग, नेपाल रेडक्रस सोसाइटी र डेनिस रेडक्रसका प्रतिनिधि सहभागी भएको अनुगमन टोलीले विपद् व्यवस्थापनका क्रममा गरिएका असल अभ्यास, आउँदा दिनका पूर्वतयारी र प्रतिकार्यबारे अझ प्रभावकारी ढङ्गले काम गर्न सुझाव दिएको थियो ।
बाढीको जोखिमबाट बच्न तटबन्ध निर्माण र पूर्वसूचना दिएर क्षति कम गर्न सकिने, विपद् जोखिम न्यूनीकरणका लागि मौसम पूर्वानुमान सम्बन्धी सूचना तत्काल प्रवाह गर्ने, त्यसलाई स्थानीय तहमा रहेका सञ्जालमार्फत चाँडोभन्दा चाँडो सबैमा पुर्याउने, जल तथा मौसम विज्ञान विभागकाले दैनिक रूपमा अद्यावधिक गर्ने मौसमसम्बन्धी ‘बुलेटिन’ तथा अन्य सूचनामूलक सामग्रीका लागि विभागको वेबसाइट हेर्न सुझाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन