
डोल्पा। डोल्पाको ठूलिभेरी नगरपालिका–४ स्थित मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार सैनिकमध्ये तीन जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जुम्लाको तातोपानी गाउँपालिका–४ घर भई देवीदत्त गण दुनैमा कार्यरत २८ वर्षीय सैनिक जवान हेमन्त रावल, काभ्रे घर भएका ३८ वर्षीय जमदार केशवबहादुर मगर र हुम्ला घर भएका २३ वर्षीय आशिस बुढा रहेका प्रमुख जिल्ला अधिकारी तुलसिप्रसाद दाहालले जानकारी दिनुभयो ।
रावलको उपचारको क्रमबार सोमबार साँझ जिल्ला अस्पताल डोल्पामा मृत्यु भएको थियो भने जमदार मगर र बुढाको उपचारको क्रममा काठमाडौँ किर्तिपुरस्थित जलन अस्पतालमा मृत्यु भएको प्रजिअ दाहालले बताउनुभयो । घाइते ३० वर्षीय प्युठ विजय कोइरालाको काठमाडौँमै उपचार भइरहेको छ ।
मृतक रावलको शव नेपाली सेनाको हेलिकप्टरमा आज जुम्ला पु¥याइएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ । उनीहरु सोमबार आगो निभाउन गएका थिए । आगो निभाउने क्रममा वरिपरिबाट हावाको बेगसँगै आगो आएपछि खोल्सामा रहेका उनीहरु जलेर घाइते भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन