
पर्सा । उद्योग व्यवस्थापनसँग दुई बुँदे लिखित सम्झौता भएपछि वीरगञ्जस्थित प्रोवायोटेक इण्डष्ट्रिज लिमिटेडका मजदूरले आन्दोलन स्थगित गरी काममा फर्केका छन् ।
विभिन्न कारण देखाइ उद्योग व्यवस्थापनले गत फागुनदेखि ११ जना मजदूरलाई कामबाट हटाएको भन्दै अखिल नेपाल ट्रेड युनियनको अगुवाईमा मजदूर काम छाडेर आन्दोलनमा उत्रेका थिए ।
आन्दोलनरत मजदूर युनियनका पदाधिकारी तथा उद्योग व्यवस्थापनबीच कामबाट हटाइएका मजदूलाई पुनःबहाली गर्ने र मजदुर आन्दोलनका कार्यक्रम फिर्ता लिई काममा फर्किने सहमति भएको छ । श्रमिकको तर्फबाट संयुक्त ट्रेड यूनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुँवर, अखिल नेपाल ट्रेड यूनियन महासङ्घ मधेस प्रदेश इन्चार्ज माधव पाण्डे र उद्योगीकोतर्फबाट प्रोवायोटेक इण्डष्ट्रिज लिमिटेडका प्रशासन प्रमुख ओमप्रकाश बैठाले सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको छ ।
प्रोवायोटेक इण्ड्रष्ट्रिज लिमिटेडले श्रम ऐन, (७४ को दफा १३१ (४) को (च) बमोजिम खराब आचरण गरेको भनी छ श्रमिकलाई सेवाबाट हटाएको थियो भने अन्य कारण देखाएका पाँचजना थप श्रमिकलाई उद्योग प्रवेशमा रोक लगाएको थियो । निष्कासित गरिएका ११ श्रमिकको पुनःबहालीको माग गर्दै अखिल नेपाल ट्रेड यूनियन महासङ्घ निकट श्रमिक आन्दोलनमा उत्रिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन