
कैलाली । चैत ग्रामीण भेगका महिलामा पाठेघरको मुखको क्यान्सर बढी देखिन थालेपछि टीकापुर नगरपालिकाले विभिन्न तीन स्थानमा परीक्षण शिविर सञ्चालन गरेको छ ।
पहिलो दिन ज्योतिनगर सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सञ्चालन भएको शिविरमा पहिलो दिन ९१ महिलाले सेवा लिएका छन् । शिविरमा पाठेघरको मुखको क्यान्सर परीक्षणसँगै प्रजनन उमेरका महिलाको अन्य जाँच, आङ खसेका महिलाको जाँच तथा रिङपेशरी, फिस्टुलासम्बन्धी सेवा प्रवाह भएको छ । शिविरमा ७७ जनाको पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको नगरपालिकाले जनाएको छ । दोस्रो दिन सहरी स्वास्थ्य केन्द्र सत्ती र तेस्रो दिन अस्नेहरी सहरी स्वास्थ्य केन्द्रमा शिविर सञ्चालन गरिएको थियो ।
नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावल पछिल्लो समय क्यान्सरका बिरामी बढ्दै गएकाले परीक्षण शिविर सञ्चालन गरिएको बताउनुभयो । “स्वास्थ्य शाखामा दैनिक क्यान्सर सङ्क्रमित बिरामी सिफारिस लिन आउने गरेका छन्”, उहाँले भन्नुभयो, पाठेघर र स्तन क्यान्सर बढी देखिएको छ । समयमै उपचार भएमा क्यान्सरबाट बच्न सकिने भएकाले पालिकाले गाउँगाउँमा शिविर सञ्चालन गरेको हो ।”
एक सय ३८ जनाको आँखा परीक्षण
यसैबीच, टीकापुर बहुमुखी क्याम्पस र श्रीकृष्ण आँखा अस्पतालको सहकार्यमा सोमबार खड्ग स्मृति माध्यमिक विद्यालयका विद्यार्थीको आँखा परीक्षण गरिएको छ । त्यस क्रममा एक सय ३८ जनाको आँखा परीक्षण गर्दा ४० जनाभन्दा बढीमा समस्या देखिएको क्याम्पसका जनसम्पर्क संयोजक सहप्राध्यापक नाथुराम चौधरीले बताउनुभयो । कक्षा ११ र १२ का विद्यार्थीलाई लक्ष्य गरी परीक्षण गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी