
कैलाली । सुदूरपश्चिमवासीले मनाउँदै आएको विषु पर्व अर्थात् नयाँ वर्ष नजिकिएसँगै रोजगारीका लागि छिमेकी राष्ट्र भारत गएकाहरु यतिबेला घर फर्कन थालेका छन् ।
कैलालीको त्रिनगर भन्सार नाकाबाट दिनहुँ रोजगारीका लागि भारतका विभिन्न सहर गएका पर्व नजिकिएसँगै नेपाल भित्रिने क्रम बढेको सीमास्थित सशस्त्र प्रहरी बल हेल्प डेस्कले जनाएको छ ।
हेल्प डेस्कका अनुसार भारतको केरला, मथुरा, पुना, गुजरात, सुरत, मुम्बई, दिल्लीलगायतका विभिन्न सहरबाट पछिल्लो समय करिब तीन हजार नेपाली भित्रिएका छन् । जसमध्ये मङ्गलबारदेखि हिजो आइतबारसम्म दुई हजार ६ सय ७७ नेपाली फर्किएका छन् ।
चाडपर्व नजिएकाले भारत जानेभन्दा पनि नेपाल फर्किने नेपालीको सङ्ख्या बढ्न थालेको हुन् । अन्य विदेशी मुलुक जान बढी खर्च लाग्ने, भिसाको आवश्यकतापर्ने लगायतका विविध कारणले पनि धेरैजसो यहाँका नेपालीहरु रोजगारीका लागि भारत जाने गरेका हुन्छन् ।
लामो समयदेखि भारतको मुम्बईमा रोजगार गर्दै आउनुभएका डोटीको आदर्श गाउँपालिकाका रमेश साउदले विषु पर्व मनाउनकै लागि घर फर्केको बताउनुभयो । ‘विषु पर्व अर्थात् नयाँसालमा परिवारका सदस्यबीच एकसाथ भेटघाट हुने र मिठामिठा स्थानीय खानाका परिकार खाई रमाइलो गर्ने गरिन्छ’ उहाँले भन्नुभयो– ‘यो पर्व परिवारसँग मनाउँदा घर बाहिर लामो समयसम्म एक्लो भएर बस्नुपरेको अवस्थाको अन्त्य गराउँछ ।’
खेतीपाती भित्र्याउँने समय भएको र विषु पर्व पनि आइरहेकाले आफू भारतको पञ्चाबबाट आएको कैलालीको धनगढीका नारद आउजीको भनाइ छ । यसरी छिमेकी मुलुक भारत जाने सर्वसाधारण नेपाली कोही छोटो समयका लागि त कोही लामो समयका लागि रोजगारी गर्न भारत जाने गर्दछन् ।
खेतीपाती भएका आफ्नो काम सम्पन्न गरी अन्नबाली नभित्रिन्जेल भारतमा काम गर्न जाने र बाली भित्र्याउने समयमा घर आउने गरिएको पाइन्छ । खेतीपाती नहुनेहरु लामो समयको अन्तरालपछि विशेषगरी चाडपर्वकै बेला मात्र घर फर्कने गर्दछन् ।
सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर लगायत पहाडी जिल्लाका अधिकांश रोजगारका लागि भारतका मुम्बई, दिल्ली, पिथौरागड, नासिक, पञ्जाब, अहमदाबाद लगायतका ठूला शहरमा जाने गर्दछन् ।
बिनाभिसा आवतजावत गर्न र सहजै रोजगारी प्राप्त हुने भएकाले पनि यस क्षेत्रका नेपालीको प्रमुख रोजगारीको गन्तव्य छिमेकी राष्ट्र भारत बन्न पुगेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- राप्रपाद्वारा राष्ट्रसंघीय मानवअधिकार उच्चायुक्तको कार्यालयको ध्यानाकर्षण
- प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद
- विद्यालय शिक्षा विधेयक चाँडै आउँछ : प्रधानमन्त्री
- सार्वजनिक खरिदसम्बन्धी ऐनलाई समयानुकूल बनाइनुपर्ने
- ‘वैदेशिक रोजगारबाट भित्रिने पुँजी र सीप सदुपयोग गर्ने आधार बनाऔँ’
- कर्मचारी अवकाश र ज्येष्ठ नागरिक भत्ता पाउने उमेर बढाउन सुझाव
- राजस्व अनुसन्धान विभाग खारेज गर्न सिफारिस
- अख्तियार विशेष अदालतको फैसला ‘चित्त नबुझेको’ भन्दै सर्वोच्चमा
- तीनकुने घटनापछि फरार प्रसाईं पक्राउ, झापाबाट काठमाडौँ ल्याइँदै
- प्रसाईँ पक्राउ भएका छैनन् : प्रहरी