
काठमाडौँ । काठमाडौँ उपत्यकामा आज घोडेजात्रा पर्व मनाइँदै छ । हरेक वर्ष चैत्र कृष्ण औँसीको दिन घोडेजात्रा मनाउने गरिन्छ ।
जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला प्रदर्शन गर्दै छ । कार्यक्रममा नेपाली सेना र नेपाल प्रहरीले घोडादौड तथा अश्वकला प्रदर्शन गर्ने छन् । ललितपुरको पाटनमा भने एक्लो घोडा दौडाएर घोडेजात्रा मनाउने चलन छ ।
परापूर्वकालदेखि उपत्यकाको मानव बस्तीमा राक्षसले बालबालिका खाइदिने तथा विभिन्न दुःख दिने गरेको र उक्त राक्षसलाई घोडाको टापले कुल्चाएर मारिएको किंवदन्तीका आधारमा घोडेजात्रा पर्व मनाइएको पाइन्छ ।
सरकारले आज काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन