
काठमाडौँ । होक्काइडो नेपाल बिजनेस गुप्र (एचएनबिजी) ले ‘जापानिज फुड कल्चर’ लाई नेपालभर विस्तार गर्ने भएको छ ।
एचएनबिजीले शुक्रबार पत्रकार सम्मेलन गरी जापानी लगानी, प्रविधि र सीपलाई नेपालमा भित्र्याएर आमनेपालीलाई स्वस्थकर र गुणस्तरीय जापानी खाना खुवाउने उद्देश्यले ‘जापानिज फुड कल्चर’ लाई देशभर विस्तार गर्न लागेको जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै एचएनबिजीका अध्यक्ष अर्जुन अधिकारीले समृद्ध मुलुक निर्माणका लागि विदेशमा सिकेको ज्ञान, सीप र क्षमतालाई स्वदेशमा प्रयोग गर्न होक्काइडो नेपाल बिजनेस ग्रुपले काम गरिरहेको बताउनुभयो । ‘देशको समृद्धिका लागि नागरिकलाई पहिला उत्पादनसँग जोड्नुपर्छ भनेर यो गुप्रले काम गरिरहेको छ’ उहाँले भन्नुभयो ।
उहाँले उत्पादनलाई गुणस्तरीय बनाउनका लागि विदेशी प्रविधि, लगानी र सीप भित्र्याउने उल्लेख गर्नुभयो । ‘पहिला उत्पादनलाई केन्द्रित गर्छौँ, अनि गुणस्तरीय उत्पादनका लागि सफल प्रविधि र सीपसँगै लगानी भित्र्याउँछौँ’ अध्यक्ष अधिकारीले भन्नुभयो ।
सन् २०१९ देखि नेपाली रेष्टुरेण्ट क्षेत्रमा जापानिज फुड कल्चरलाई प्रवेश गराएको त्यो गुप्रले हाल काठमाडौँका विभिन्न सात स्थानमा जापानिज रेष्टुरेण्ट सञ्चालन गरिरहेको छ । जापानमा आर्जन गरेको व्यावसायिक अनुभवलाई उपयोग गर्दै रेष्टुरेण्ट क्षेत्रमा लगानी र रोजगारी सृजनाको सङ्कल्प गरिएको उहाँले बताउनुभयो ।
रेष्टुरेण्टलाई आवश्यक पर्ने कच्चा पदार्थको उत्पादनका लागि गुप्रले रुपन्देहीको भैरहवामा देक्काइदो एग्रो फार्मसमेत सञ्चालनमा ल्याएको गुप्रका कार्यकारी निर्देशक खेम शर्माले बताउनुभयो । उहाँले नेपालको पर्यटन प्रवर्द्धनमा जापानिज फुड कल्चरले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्र्नुभयो । चार वर्षदेखि नेपालको रेष्टुरेण्ट क्षेत्रमा सक्रिय समूहले एक सय ७० जनालाई रोजगार समेत प्रदान गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन
- दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतको अनुमति
- पानी पर्ने बादल सक्रिय, सतर्क रहन विभागको आग्रह
- २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै सगरमाथा संवाद सम्पन्न
- कारको ठक्करबाट मर्निङ वाकमा निस्किएका दुई महिलाको मृत्यु
- हिमाल जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु हो : प्रधानमन्त्री
- मोहनबहादुर बस्नेतको सांसद पद स्वतः निलम्बन
- साढे ५ वर्ष बित्दा पनि बनेन नयाँ संसद भवन