
लमजुङ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को जिल्ला कमिटी लमजुङको अध्यक्षमा राजकुमार विष्ट निर्वाचित हुनुभएको छ ।
कमिटीको नवौँ जिल्ला अधिवेशनमा कृष्णप्रसाद अधिकारीलाई ८९ मतअन्तरले हराउँदै विष्ट अध्यक्षमा निर्वाचित हुनुभएको हो । अध्यक्ष पदमा नवनिर्वाचित विष्टले २ सय ८८ मत प्राप्त गर्नुभएको छ ।
बेँसीशहर नगरपालिका–११ का विष्ट यसअघि नगर कमिटी अध्यक्ष हुनुहुन्थ्यो । यसअघिका जिल्ला अध्यक्षसमेत रहनुभएका अधिकारीले एक सय ९९ मत प्राप्त गर्नुभयो । विष्ट र अधिकारीले आ–आफ्नै प्यानल बनाएर चुनावी मैदानमा होमिनुभएको थियो ।
उपाध्यक्षसहित उपसचिवसमेतमा विष्ट पक्ष विजयी भएका छन् । यस कमिटिको उपाध्यक्षमा यसअघिका जिल्ला सचिव शुभाष पौडेलाई पाँच मतअन्तरले हराउँदै जीतबहादुर गुरुङ निर्वाचित हुनुभएको छ । गुरुङले दुई सय ४२ मत प्राप्त गर्नुभयो भने पौडेलले दुई सय ३७ मत प्राप्त गर्नुभयो ।
सचिवमा जनकराज मिश्रलाई दुई सय ३९ मतअन्तरले हराउँदै राजेन्द्र बोहोरा विजयी हुनु भएको छ । राजेन्द्रले तीन सय ५८ मत प्राप्त गर्नुभयो भने मिश्रले एक सय १९ मत प्राप्त गर्नुभएको थियो । उपसचिवमा राजेन्द्र अधिकारीलाई दुई सय २० मत अन्तरले हराउँदै विवश बुढाथोकी विजयी हुनुभएको छ । बुढाथोकीले दुई सय ४९ मत प्राप्त गर्नुभयो भने अधिकारले एक सय २९ मत प्राप्त गर्नुभयो ।
सहसचिव महिलातर्फ भने आइतबार नै राममाया राना मगर निर्विरोध निर्वाचित हुनुभएको थियो । आइतबार भएको मतदानमा पाँच सय ३२ जना सहभागी हुनुपर्नेमा ५ सय ६ जनाले गर्नुभएको थियो । निर्वाचित कमिटीको कार्यकाल तीन वर्षे रहने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पूजाको हत्यारालाई कारबाही गर्न माग
- एक लाखले दर्शन गरे शालिग्राम सङ्ग्रहालय
- आज दिनभर वर्षा हुने
- विद्यालय फर्कन प्रधानमन्त्रीले गरेको आग्रह महासङ्घद्वारा अस्वीकार
- गुरुहरूको आन्दोलन, यात्रुलाई सास्ती...
- ‘सङ्घीय सरकारकै कारण दशौँ राष्ट्रिय खेलकुद स्थगित’
- ‘दर्ता नभए फेसबुक लगायतका सञ्जालमाथि प्रतिबन्ध लाग्छ’
- गभर्नर नियुक्त नहुँदै भट्टविरुद्ध सर्वोच्चमा रिट
- कानुन समितिको प्रतिवेदन पारित, संसदमा पेश हुने
- ‘सरकार परिवर्तनको हल्ला असत्य’