
काठमाडौँ । थाइराइड सम्बन्धी समस्याबाट पीडित नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणाको भारतमा शल्यक्रिया सम्पन्न भएको छ । नयाँदिल्लीस्थित म्याक्स हस्पिटल, साकेतमा बुधबार उनको शल्यक्रिया भएको हो । शल्यक्रिया सफल भएको र स्वास्थ्य सुधारोन्मुख रहेको आरजुका स्वकीय सचिव कमल रावलले जानकारी दिनुभएको छ ।
चिकित्सकको परामर्शअनुसार उहाँ अझै केही समय अस्पतालमै रहेर उपचार गर्नुपर्ने रावलले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
आरजु विगत दुई वर्षदेखि स्वास्थ्य समस्याका कारण भारतको नयाँदिल्लीमा उपचार गराउँदै आनुभएको थियो । यही चैत २ गते संघीय संसद् सचिवालयलाई जानकारी गराइ उहाँ उपचारका लागि दिल्ली गएको र १४ गते हाइपरप्याराथाइरोडिजमको शल्यक्रिया गराएको रावलले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन