
मुगु । मुगुमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा जना घाइते भएका छन् । गमगढीदेखि सोरु गाउँपालिकाको सोरुकोटतर्फ जाँदै गरेको कर्णाली प्रादेश ०२–००१ ज ००५९ नम्बरको बोलेरो जीप बुधबार कच्यागाउँ नजिकै दुर्घटना भएको हो ।
जीप सोरु–६ कक्छेगाउँ नजिक रहेको चार मोड भन्ने ठाउँको सडकबाट करिब एक सय मिटर तल खसेको छ । दुर्घटनामा चालकसहित दुई जनाको मृत्यु भएको मुगुका प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभएको छ । जिल्ला प्रहरी प्रमुख थापाका अनुसार दुर्घटनामा ४ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा जीप चालक कविराज नेपाली र पहिचान नखुलेको महिला रहेकी छन् । दुर्घटनामा मन्जने नेपाली, सर्जन नेपाली , हीरादिङ नेपाली र प्रेम नेपाली घाइते भएका छन् ।
जिल्ला प्रहरी प्रमुख थापाले घाइतेलाई उद्धार गरी उपचारार्थ जिल्ला अस्पतालतर्फ ल्याइँदै गरेकोे जानकारी दिनुभएको छ । थापाका अनुसार घाइते मध्ये मन्जनेको अवस्था चिन्ताजनक रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन