
काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले वैशाख १५ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि हुने उपनिर्वाचनमा सम्भावित उम्मेदवार तोकेको छ ।
एकीकृत समाजवादीले उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्यको लागि इलाम क्षेत्र नम्बर २ मा जीतबहादुर राई र प्रदेशसभा सदस्यको लगि बझाङ क्षेत्र नम्बर १ (क) मा दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
इलाम २ का लागि उम्मेदवार प्रस्तावित राई पूर्व गाउँपालिका अध्यक्ष हुनुहुन्छ । उहाँ २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट माइजोगमाईँ गाउँपालिका अध्यक्ष निर्वाचित हुनुभएको थियो। पार्टी विभाजनपछि एमाले छोडेर एकीकृत समाजवादीतिर लाग्नुभएको हो ।
बझाङमा प्रदेशसभा सदस्यको लागि उम्मेदवार प्रस्तावित सिंह एमालेका पूर्व जिल्ला अध्यक्ष हुनुहुन्छ । सिह एमाले र नेकपा माओवादी केन्द्र मिलाएर नेकपा बनाउँदा समेत जिल्ला अध्यक्ष हुनुहुन्थ्यो । उहाँँ पनि पार्टी विभाजनपछि एमाले छोडेर एकीकृत समाजवादीमा लाग्नु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन