
काठमाडौँ । नेपालमा चलचित्रसम्बन्धी अध्ययन गरिरहेको ‘अस्कर कलेज’ले आजदेखि ‘सिनेमा साक्षरता अभियान’ शुरु गरेको छ । अभिनयमा नेपालका दश शहरमा चैत २५ गतेसम्म सञ्चालन हुनेछ ।
काठमाडौँसहित विराटनगर, इटहरी, जनकपुर, हेटौँडा, चितवन, बुटवल, दाङ, धनगढी र पोखरामा सञ्चालन हुने कलेजका प्रधानाध्यापक रामराज दाहालले जानकारी दिनुभएको छ । ‘हामीले आजदेखि पूर्वीनेपालको विराटनगरबाट साक्षरता अभियानको शुरुवात गरेका छौँ । नयाँ पुस्तालाई चलचित्रसम्बन्धी जानकारी दिन हामी उनीहरु कै शहरमा पुगेका हौँ । यसले नेपाली चलचित्रप्रतिको चासोलाई बढाउँछ भन्ने हाम्रो विश्वास छ’ उहाँले भन्नुभयो– ‘चलचित्रसम्बन्धी गतिविधि काठमाडौँ उपत्यकामा मात्र केन्द्रित गर्दा त्यसको प्रभाव मोफसलमा पर्न सकेको छैन । विभिन्न तहमा अध्ययनरत, परीक्षा दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै यो अभियान शुरु गरेका हौँ ।’
अभियानमा हरेक शहरमा एक दिने कार्यशालामार्फत चलचित्रप्रतिको जिज्ञासा, यसमा भविष्य र जटिलता बारेमा जानकारी दिइने प्रधानाध्यापक दाहालले बताउनुभयो ।
कार्यशालामा प्रश्नोत्तर, अभिनयका अभ्यास, चलचित्रको इतिहास र चरित्रबारे जानकारी दिँदै एउटा कथालाई कसरी पटकथामा रुपान्तरण गर्न सकिन्छ, कागजमा लेखिएका कुरालाई कसरी श्रव्यदृश्यमा रुपान्तरण गर्ने लगायत विषयमा प्रयोगात्मक अभ्यास गरी देखाइने उहाँले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन