
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले इलाम र बझाङमा हुन लागेको उपनिर्वाचनमा उम्मेदवारी दिने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको पार्टीको पदाधिकारी बैठकले उम्मेदवारी दिने निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको पछिल्लो राजनीतिक अवस्था र समसामयिक राजनीतिक विषयमा जानकारी गराउनुभएको थियो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ मा पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय भएको जानकारी दिनुभयो । उम्मेदवारको नाममा छलफल बाँकी रहेको र आगामी बैठकमा आवश्यक निर्णय गरिने उहाँको भनाइ छ ।
ती क्षेत्रका उम्मेदवारको नाम सिफारिस भएर आएपछि आवश्यक निर्णय हुने माओवादी केन्द्रले जनाएको छ । यस्तै, प्रदेश सरकारको विषयमा छलफल भए पनि सत्ता गठबन्धनमा आवद्ध दलका बीचमा आवश्यक परामर्शपछि निर्णय गरिनेछ । बिहीबारसम्म प्रदेश सरकारका बारेमा टुङ्गो लगाउने तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन