
झापा । झापामा जङ्गली हात्तीको आक्रमणमा क्षति व्यहोरेका हात्तीपीडितले सहयोग नपाएको गुनासो गरेका छन् । यद्यपि डिभिजन वन कार्यालयले उनीहरूको आर्थिक सहयोगका निम्ति प्रयास गरिरहेको जनाएको छ ।
चालु आर्थिक वर्षको साउनयता क्षति व्यहोरेका ५ सय ३३ परिवारले राहत नपाएका हुन् । पाँचजना मृतक परिवारसहित ५ सय ३३ घरपरिवारका लागि एक करोड २६ लाख ४९ हजार ३ सय ९२ रुपैयाँ राहत रकम उपलब्ध गराउन धरानस्थित वन निर्देशनालयसँग माग गरिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी अर्चना पुरीले बताउनुभएको छ ।
कार्यालयले पहिलो चरणमा ३ सय २१ र दोस्रो चरणमा २ सय १२ परिवारका लागि राहत रकम माग गरेको उहाँले बताउनुभयो । हालसम्म राहत रकम प्राप्त भएको छैन । ‘राहत रकमका विषयमा फोन आइरहन्छ’ उहाँले भन्नुभयो– ‘पीडितलाई चाँडै आउँछ भन्दै आश्वासन दिइरहेका छौँ ।’
गत कात्तिक २ गतेसम्म तीन सय २१ हात्तीपीडित परिवारलाई ५८ लाख २८ हजार ९ सय ४० राहत रकम माग गरिएको थियो भने गत माघ २९ गते थप दुई सय १२ जनाका लागि ६८ लाख २० हजार ४ सय ५२ रुपैया माग गरिएको थियो ।
राहत माग गरिएकामा पाँचजना मृतकको ५० लाख, सातजना घाइतेका लागि ८ लाख ५१ हजार ८ सय ९२ रुपैयाँ, चौपाया एक बराबर १० हजार, विभिन्न घरगोठमा पुर्याएको क्षतिको पूर्तिका लागि २५ लाख ४९ हजार ७ सय रुपैयाँ, भण्डारण गरिएको अन्न क्षति बराबर ६ लाख ८९ हजार ६ सय रुपैयाँ र बालीनालीमा हात्तीले गरेको क्षति बराबर ३५ लाख ४८ हजार २ सय रुपैयाँ रहेको डिभिजन वन कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन