
ललितपुर । ललितपुरको ढोलाहिटी घटनामा संलग्न आरोपीहरूलाई प्रहरीले सार्वजनिक गरेको छ । आइतबार राति होली खेलेर खाजा खान ढोलाहिटीको डी पोपिना खाजाघरमा पुगेर मदिरा सेवन गरेका युवाबीच चक्कु हानाहान हुँदा २ जनाको हत्या भएको थियो ।
घटनाका मुख्य आरोपी विजय राई भएको प्रहरीले निष्कर्ष निकालेको छ । उनी पपिना रेस्टुरेन्टका सञ्चालक हुन् । जिल्ला प्रहरी परिसर ललितपुरले आज पत्रकार सम्मेलन गरी उक्त घटनामा संलगन् भएका मुख्य चार आरोपीलाई सार्वजनिक गरेको हो ।
प्रहरीले पक्राउ परेका खाजा घर सञ्चालक खोटाङ साकेला गाउँपालिका २ का विजय राई र सोही ठाउँका सुलभ राईका साथै भोजपुर ट्याम्केमयुङ २ का विशाल हाङ मुकारुङ र काठमाडौं गोकर्णेश्वरका छेङविहाङ राईलाई सार्वजनिक गरेको हो ।
होली पर्वका दिन (आइतबार) राति करिब ९ बजे ढोलाहिटीस्थित सो रेस्टुरेन्टमा दुई समूहबीच झडप भएको थियो । त्यसक्रममा चक्कु प्रहारबाट दुई युवकको मृत्यु भएको थियो ।
२८ वर्षीय रेवाज राई र ३० वर्षीय प्रजन राईमाथि विजयले नै चक्कु प्रहार गरेको ललितपुर प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट रेवाज र प्रजन घाइते भएका थिए । रेस्टुरेन्टमा सँगै मदिरा सेवन गरेका केही साथीले घाइतेलाई अस्पताल पुर्याएका थिए । अस्पताल पुर्याइएलगत्तै चिकित्सकले रेवाज र प्रजनलाई मृत घोषणा गरेका थिए ।
घटनामा चक्कु प्रहार गर्ने विजय यसअघि लागुऔषध मुद्दामा दुई वर्ष जेल सजाय भोगेर छुटेका व्यक्ति भएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन