
कालीकोट । जिल्लाभित्रका विभिन्न पक्षलाई प्रभावकारी ढंगले उठाएर छरितो रुपमा समाचार बनाउन कालीकोटका पत्रकारलाई तालिम दिइएको छ ।
लेखनशैलीको विकास गर्दै जिल्लाका इस्यू राष्ट्रियस्तरमा संचारमाध्यममा समेट्ने उदेश्यले यूरोपेली यूनियनको आर्थिक सहयोग तथा प्लान इन्टरनेशनलसँगको सहकार्यमा फेडो, नेपालले जिल्लाका विभिन्न संचार माध्यममा आवद्ध पत्रकारलाई २ दिने आधारभूत पत्रकारिता तालिम दिइएको हो ।
जिल्लाभित्रका विभिन्न विषय प्रभावकारी रुपमा उठान गर्नुको साथै संचार माध्यममार्फत विभेदसहित समाज निर्माणमा सहयोग पुर्याउने उदेश्यले पत्रकारिता तालिम आयोजना गरिएको फेडो, नेपाल कालीकोटका कार्यक्रम संयोजक रमेश नेपालीले बताउनुभएको छ । ‘राष्ट्रियस्तरका संचार माध्यममा कालीकोटका समाचारले प्राथमिकता पाउन सकिरहेको छैन, यहाँका विभिन्न विषय समाचार र लेखमा प्रभावकारी ढंगले उठाएको देखिँदैन’ तालिम उद्घाटनमा उहाँले भन्नुभयो– यो तालिमले पत्रकार साथीहरुलाई यहाँका विषय वस्तु राम्रोसँग, प्रभावकारी रुपमा उठाउन मद्धत पुर्याउनेछ भन्ने मैले विश्वास लिएको छु ।’
सदरमुकाम मान्म बजारमा बुधबार र बिहीबार संचालन भएको तालिममा सहभागी पत्रकारहरुलाई पत्रपत्रिका र अनलाइनमा प्रकाशित हुने समाचार संकलन तथा लेखनको साथै टेलिभिजन र रेडियोमा रिर्पोटिङ कसरी गर्ने ? भन्ने बारे प्रशिक्षण गरिएको हो ।
तालिममा सहभागीहरुलाई वरिष्ठ पत्रकार निर्मल अधिकारीले टेलिभिजन तथा रेडियोमा रिर्पोटिङ कसरी गर्ने ? कार्यक्रम तथा अन्तरवार्ता कसरी प्रस्तुत गर्ने ? भन्ने लगायतका सवालमा प्रशिक्षण गर्नुभएको थियो । सम्पादक तीर्थ न्यौपानेले पत्रकार तथा पत्रकारिताको महत्व दर्शाउँदै समाचारको शीर्षक र लीड कसरी आकर्षक बनाउने ? समाचार कसरी छरितो लेख्ने ? जिल्लामा के के विषय वस्तु समाचार बन्न सक्छ ? भन्ने लगायतका विषयमा प्रशिक्षण गर्नुभएको थियो । तालिममा फोटो ग्राफर तथा भिडियो सम्पादक सुरज ढकालले फोटोग्राफीबारे प्राविधिक पक्ष सिकाउनुभएको थियो । तालिममा खाँडाचक्रसहित जिल्लाको ३ वटै नगरपालिका र ६ गाउँपालिकाबाट २५ भन्दा बढी पत्रकार सहभागी थिए । सहभागीहरुलाई विभिन्न विषयमा समाचार लेख्न लगाइएको थियो । सहभागीले तालिमले आफूहरुलाई पत्रकारिताप्रति थप उत्साह जगाएको बताउँदै आगामी दिनमा महिला, दलितका सवाल, विकास निर्माण र जीवनशैली लगायतका पक्ष सशक्त रुपमा उठाउन प्रेरणा दिएको बताएका छन् ।
नेपाल पत्रकार महासंघ कालीकोटका अध्यक्ष भरतराज बिष्टले तालिमबाट जिल्लाका पत्रकारहरुमा उत्साह जागेको उल्लेख गर्दै प्रशिक्षणले समाचार संकलन तथा लेखनमा निखार ल्याउने विश्वास व्यक्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै, मन्त्रिमण्डल विस्तारको तयारी
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?