
बाँके । नेपालगञ्जमा आजदेखि सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवं पर्यटन महोत्सव सुरु भएको छ ।
लघु तथा घरेलु उद्यमीले उत्पादन गरेका बस्तुको बजारीकरण तथा प्रवर्द्धनका लागि महोत्सव आयोजना गरिएको नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकेका अध्यक्ष मधुकुमारी खड्काले बताउनुभयो । “लुम्बिनी प्रदेशको आर्थिक गतिविधिलाई चलायमान गराउन महोत्सवले सहयोग पुग्ने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो ।
चैत १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा दुई करोडको कारोबार तथा करिब दुई लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको महासङ्घका महासचिव जीआर भुसालले जानकारी दिनुभयो । तराई क्षेत्रमा बढ्न थालेको गर्मीलाई मध्यनजर गर्दै महोत्सव हरेक दिन साँझ ८ बजेसम्म सञ्चालन हुने उहाँको भनाइ छ ।
महोत्सवका लागि एक सय ७५ कक्ष बुक भइसकेको आयोजकले जनाएको छ । महोत्सवको लुम्बिनी प्रदेशका पूर्वमन्त्री कृष्णा केसीले उद्घाटन गर्नुभएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै, मन्त्रिमण्डल विस्तारको तयारी
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा