
धनुषा । मधेस प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले मधेस प्रदेशको प्रदेश प्रमुखको पदभार ग्रहण गर्नुभएको छ ।
प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले आज प्रदेश प्रमुख सुवेदीलाई कार्यालयमा स्वागत गर्नुभएको हो । नवनियुक्त प्रदेश प्रमुख सुवेदी भण्डारीले मधेस प्रदेशको विकास तथा समृद्धिको अभियानमा आफ्नो पूर्ण साथ र सहयोग रहने बताउनुभएको छ ।
संविधान, कानुन तथा विधिअनुसार प्रदेश प्रमुखले गर्नुपर्ने जिम्मेवारी आफूले निष्पक्ष तथा तटस्थ रुपमा पूरा गर्ने नवनियुक्त प्रदेश प्रमुख सुवेदी भण्डारीको प्रतिबद्धता छ । नवनियुक्त प्रदेश प्रमुख सुवेदी भण्डारीले माता जानकीको जन्मभूमिमा आएर सेवा गर्न पाउनु सौभाग्य भएको पनि बताउनुभएको छ ।
नवनियुक्त प्रदेश प्रमुख सुवेदी भण्डारीलाई प्रदेशसभाका सदस्य, कार्यालयका कर्मचारी, विभिन्न राजनीतिक दलका नेता, समाजसेवीले स्वागत गर्नुभएको छ । मधेसका प्रदेश प्रमुख भण्डारीले पदभार ग्रहण गर्नुअघि जानकी मन्दिरमा पूजापाठ गर्नुभएको थियो । यसअघि प्रदेश प्रमुख सुवेदीलाई कार्यालय परिसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै, मन्त्रिमण्डल विस्तारको तयारी
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा