
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईशनाथ नगरपालिका रौतहटका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
आयोगले प्रमुख प्रशासकीय अधिकृत किशोर गुप्ताविरुद्ध रु दुई लाख ३५ हजार आठ सय ९५, तत्कालिन इन्जिनियर सत्यपाल सौरभ विरुद्ध रु ८६ हजार छ सय ४७ र आधारभूत विद्यालय लक्ष्मीनियाका प्रधानाध्यापक मुहमद समिम विरुद्ध रु तीन लाख तीन हजार सात सय ९७ बराबरको बिगो दाबी गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।
ईशनाथ–५ स्थित आधारभूत विद्यालय लक्ष्मीनिया जटहरामा दुई कोठे पक्की भवन निर्माण गर्दा मापदण्ड, गुणस्तर र इस्टिमेट विपरीत कार्य गरी भ्रष्टाचार गरेको आयोगको आरोपपत्रमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- स्थानीय तह र विद्यालय आजदेखि संचालन
- प्रधानमन्त्री कार्कीले आज पदभार ग्रहण गर्दै, मन्त्रिमण्डल विस्तारको तयारी
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा