
काठमाडौँ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले आदिवासी समुदायका निम्ति नयाँ घर निर्माण गर्न अर्बौं डलरको नयाँ कोषको योजना घोषणा गर्नुभएको छ ।
अल्बानीजले मङ्गलबार सङ्घीय र उत्तरी क्षेत्र (एनटी) सरकारबाट उत्तरी क्षेत्र भरिका दुर्गम समुदायका लागि आवास निर्माण गर्न चार अर्ब अष्ट्रेलियन डलर (२ं.६ अर्ब अमेरिकी डलर) को संयुक्त लगानी कोष घोषणा गर्नुभएको छ ।
यस योजना अन्तर्गत सरकारले सन् २०१८ यता ७३ वटा दुर्गम क्षेत्रका समुदायका लागि ६ सय ५० वटा घर निर्माण गरेको छ । यही कार्यक्रमको निरन्तरता अन्तर्गत प्रत्येक वर्ष २ सय ७० वटा नयाँ घर निर्माण हुने अनुमान गरिएको छ ।
‘आजको घोषणाले दुर्गम समुदायको आवासको अवस्थामा सुधार ल्याउने र आदिवासी र गैर–आदिवासी अस्ट्रेलियालीबीचको खाडल कम गर्न मद्दत गर्नेछ’ अल्बानीजले घोषणा कार्यक्रममा भन्नुभएको छ ।
कोषमा आधाभन्दा बढी लगानी सङ्घीय सरकारबाट प्राप्त हुनेछ भने १२ करोड अस्ट्रेलियाली डलर एनटी सरकारको हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- आठ दलद्वारा प्रतिनिधिसभा विघटन फिर्ता लिएर बैठक बोलाउन माग
- भोलिदेखि स्थानीय तह र विद्यालय सुचारु हुने
- नवनियुक्त प्रधानमन्त्री कार्कीद्वारा पहिलो निर्णयमै प्रतिनिधिसभा विघटन
- सुशीला कार्की बनिन् नेपालको पहिलो महिला प्रधानमन्त्री
- ओली शासन ढल्यो, मुलुक किन जल्यो ?
- सिंहदरबारमा आगजनी
- प्रधानमन्त्री ओलीद्वारा राजीनामा
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह