
कञ्चनपुर । महेन्द्रनगरस्थित कभर्डहल परिसरमा निर्माणाधीन कुस्ती प्रशिक्षण कक्षमा बजेट अभाव भएको छ ।
प्रशिक्षण कक्ष नहुँदा खेलाडीहरुलाई नियमित अभ्यासमा समस्या हुने गरेको छभने अन्य खेलको प्रशिक्षण कक्षमा आश्रय लिनु परेको कुस्ती प्रशिक्षक राजेन्द्रबहादुर चन्दले बताउनुभयो ।
‘कुस्तीका खेलाडीहरुले अन्य खेलको प्रशिक्षण केन्द्रमा आश्रय लिनुपरेको छ’ प्रशिक्षक चन्दले भन्नुभयो– ‘अहिले बिहान र साँझ समय मिलाएर प्रशिक्षण गरिरहेका छौँ ।’ तेक्वान्दोमा सबैभन्दा बढी पदक ल्याउनेमा कञ्चनपुरकै खेलाडी छन् तर उनीहरुका लागि प्रशिक्षण केन्द्र निर्माण भने हुन नसकेको उहाँको भनाइ छ ।
कुस्ती प्रशिक्षण केन्द्र निर्माणका लागि गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेश सरकारबाट १० लाख रुपैयाँँ आए पनि ३ लाख ‘फ्रिज’ भएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । साथै चालु आवमा भने बजेट विनियोजन नै नभएको उहाँको भनाइ छ ।
जिल्ला खेलकुद विकास समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्टले बजेट नहुँदा कुस्तीका लागि प्रशिक्षण कक्ष निर्माण हुन नसकेको बताउनुभयो । भट्टले भन्नुभयो– ‘प्रशिक्षण कक्ष नहुँदा खेलाडीहरुले अभ्यासमा समस्या झेल्नु परेको छ ।’ उहाँले आगामी आवको बजेटमा यसका लागि बजेट विनियोजनको प्रयास भइरहेको बताउनुभयो ।
जिल्ला खेलकुद विकास समितिका सदस्य विकास महता खेलाडी उत्पादनका लागि सोही अनुसारको पूर्वाधार जरुरी भएको बताउनुभयो । ‘कञ्चनपुरमा क्रिकेट, कुस्ती र फुटबल लगायतका खेलमा राम्रा खेलाडी उत्पादन भइरहेका छन्, पूर्वाधार निर्माण जरुरी भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- कार्की सरकार खिलराज मोडेलमा, मन्त्री ११ जना मात्रै हुने
- तीन मन्त्रीले लिए शपथ, कुलमानलाई उर्जा, भौतिक र शहरीको जिम्मेवारी
- मध्यरातमा प्रधानमन्त्री कार्कीको राजीनामा माग्दै बालुवाटारमा नाराबाजी
- बारबरा फाउन्डेशनले भन्यो– ‘हामी नेपाल’सँग सम्बन्ध छैन
- अनिश्चितकालका लागि बन्द भयो लाइसेन्स छपाइ र वितरण
- जेनजी आन्दोलनका मृतकलाई शहीद घोषणा, जनही १० लाख दिने निर्णय
- पूर्वमन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग
- जेनजी आन्दोलनमा आगजनी र तोडफोड षडयन्त्र : प्रधानमन्त्री कार्की
- जेनजी आन्दोलनमा जीवन गुमाउनेको संख्या ७२ पुग्यो
- प्रधानमन्त्री कार्कीद्वारा पदभार ग्रहण