
गण्डकी । गण्डकी प्रदेश मङ्गलबारदेखि स्थापनाको आठौँ वर्षमा प्रवेश गरेको छ ।
प्रदेशसभा स्थापना भएको दिनलाई नै यस वर्षदेखि प्रदेश स्थापना दिवसका रुपमा मनाउन शुरु गरिएको छ । विसं २०७४ माघ २२ गते प्रदेशसभाको पहिलो बैठक बसेको थियो ।
त्यसयता प्रदेशसभाको पहिलो कार्यकाल पूरा भई दोस्रो कार्याकालको पनि दुई वर्ष वितिसकेको छ । यस अवधिमा प्रदेशसभा सङ्घीयताको कानुनी र संरचनागत जग निर्माणमा केन्द्रित रह्यो । प्रदेश संरचनालाई सुदृृढ र संस्थागत गर्नेतर्फ प्रदेशसभाको सक्रियता रह्यो ।
प्रदेशसभाको पहिलो कार्यकालमा ५९ कानुन निर्माण भएभने दोस्रो कार्याकाल शुरु भएयता १३ वटा कानुन निर्माण र एउटा नियमावली पारित भएको छ । प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीका अनुसार यस अवधिमा दुई अध्यादेश स्वीकृत भएका छन् ।
‘गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत–सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,’ ‘साझेदारी फर्मको नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक’ र ‘जीवननाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयक’ विषयगत समितिमा विचाराधीन छन् ।
यसैगरी, ‘औद्योगिक व्यवसायय ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक’ पनि प्रदेशसभामा पेश भएको छ । गत सोमबारदेखि सुरु भएको प्रदेशसभा अधिवेशनमा नयाँ विधेयक प्रस्तुत हुँदैछन् ।
विसं २०७९ मङ्सिर ४ गते प्रदेशसभाको निर्वाचन भई प्रदेशसभाको दोस्रो कार्यकाल विसं २०७९ पुस १८ गते शुरु भएको थियो । त्यस अवधिमा केही सङ्कल्प प्रस्ताव र सार्वजनिक महत्वका प्रस्ताव प्रदेशसभामा दर्ता भएका थिए ।
प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभालाई जिम्मेवार बनाइ सङ्घीयता अनुभूत हुनेगरी काम गर्न प्रदेशसभा प्रयत्नशील रहेको बताउनुहुन्छ । उहाँले सङ्घीय शासन प्रणालीलाई व्यवस्थित गर्न तीनवटै तहका सरकारबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड दिनुहुन्छ । नागरिकका भावनाअनुसार प्रदेशसभाले कानुन निर्माण लगायत संविधानले निर्देश गरेका काम गरिरहेको उहाँ बताउनुहुन्छ ।
प्रदेशसभा बैठक ‘युट्युब’बाट प्रत्यक्ष प्रसारण गर्ने गरिएको छ । अनलाइनका माध्यमबाट विधेयकबारे सुझाव सङ्कलन हुने गरेको छ । प्रदेशसभा सदस्यका जिज्ञासाका जवाफ मन्त्रीहरुले जवाफ दिने गरे पनि प्रश्नोत्तरको अभ्यास हालसम्म भएको छैन ।
प्रदेशसभामा नेपाली कांग्रेसका २७, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का २२, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई र एक जना स्वतन्त्र सदस्यको हुनुहुन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पेचिलो बन्दै शिक्षक आन्दोलन, शिक्षामन्त्रीद्वारा राजीनामा
- सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता
- शिक्षकहरुलाई अविलम्ब वार्तामा आउन प्रधानमन्त्रीको आग्रह
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा
- शिक्षकको विरोध र्यालीका कारण यात्रुलाई सास्ती
- आज पनि शिक्षकहरूको प्रदर्शन जारी
- जिपमा करेन्ट लाग्दा घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै
- संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना घाइते
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा