
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाइस युनिभर्स’ शृङ्खला–२ का प्रतियोगीहरुले आज भेटघाट गर्नुभएको छ । विश्वका विभिन्न मुलुकमा बसोबास गर्दै आएका नेपाली मूलका कलाकारमध्येबाट छानिएका २३ देशका कलाकारसँग प्रधानमन्त्री ओलीले भेटेर उहाँहरुको प्रतिभाको सराहना गर्नुभएको छ ।
इन्ट्रा फाउण्डेशनद्वारा सञ्चालित र नेपाल टेलिभिजनबाट प्रसारित त्यो शृङ्खलाका आयोजक र कलाकारहरुलाई प्रधानमन्त्री ओलीले नेपाली कला, साहित्य, संस्कृति, नृत्य, हाउभाउ आदिलाई जीवन्त बनाउन प्रतियोगीहरुको भूमिका रहने बताउनुभयो । विश्वका जुनसुकै मुलुकमा रहे पनि नेपालीहरुमा रहने ‘जनेटिक मोमोरी’ले नेपाली कला, संस्कृतिलाई जीवन्त बनाउने उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल, भूटान, भारत, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, अष्ट्रेलिया, जापान, म्यान्मा, पोर्चुगल, मलेसिया, थाइल्याण्ड लगायत मुलुकमा बसोबास गर्दै आएका नेपालीमूलका प्रतियोगीहरुको सहभागिता रहेको इन्ट्रा फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिनुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- काठमाडौँका निजी विद्यालय र क्याम्पस भोलि बन्द हुने
- गृहमन्त्री लेखकद्वारा पदबाट राजीनामा
- जेनजी प्रदर्शनमा २० जनाको मृत्यु, ३ सय ४७ घाइते
- संसद् भवन घेरे जेनजीले
- बानेश्वरमा निषेधित क्षेत्र तोड्दै अघि बढ्यो जेनजी विद्रोह
- भ्रष्टाचार र सामाजिक सञ्जाल बन्दविरुद्ध पोखरामा पनि जेनजीको प्रदर्शन
- ‘जेनजी’ आन्दोलनको प्रभाव: बबरमहल–बानेश्वर सडक पूर्णरूपमा ठप्प
- जेनजीको नारा : दुःखी जनता कमाउने, भ्रस्ट नेता रमाउने !
- माइतीघरमा जेनजीको प्रदर्शन शुरु
- एमालेमा प्रतिनिधिलाई पेलेर सबै प्रतिवेदन पारित भएको घोषणा