+

नदीमा डुबेर तीन बालक बेपत्ता

रूपन्देही। रूपन्देहीको दानव नदीमा डुबेर तीन बालक बेपत्ता भएका छन् । लुम्बिनी सांस्कृतिक नगरपालिका-२ अर्दौलास्थित दानव नदीमा पौडी खेल्ने क्रममा आज दिउँसो डुबेर बालकहरु बेपत्ता भएका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिनुभयो । 


बेपत्ता हुनेमा लुम्बिनी सांस्कृतिक-२ का १३ वर्षीय उमेश यादव, १४ वर्षीय राजन यादव र  १२ वर्षीय मन्नु हरिजन रहेका छन् । 


बेपत्ता बालकहरुको नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थाीयवासीले खोजी गरिरहेका प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट