
काठमाडौँ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता र भ्रष्टाचारको विषयलाई अमेरिकाको चर्चित पत्रिका द न्यूयोर्क टाइम्सले समेत प्राथमिकताका साथ प्रकाशन गरेको छ।
द न्यूयोर्क टाइम्सको अनलाइन संस्करण www.nytimes.com मा प्रकाशित चीनले निर्माण गरेको नेपालस्थित विमानस्थलमा व्यापक भ्रष्टाचार शीर्षकको समाचारमा नेपालका पदाधिकारी र चिनियाँ सरकारी स्वामित्वको निर्माण कम्पनीले मिलेमतोमा गर्दै नगरेको कामको समेत भुत्तानी लिएको भन्दै समाचार प्रकाशन गरेको छ ।
प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका सम्बन्धमा गठन गरेको उपसमितिले विमानस्थल निर्माणमा १० अर्ब रुपैयाँ भन्दा बढी भ्रष्टाचार भएको निष्कर्षसहित आफ्नो प्रतिवेदन बुझाएको थियो ।
छानबिन उपसमितिले निष्कर्षसहित बुझाएको प्रतिवेदन उल्लेख गर्दै द न्यूयोर्क टाइम्स लेख्छ– ‘नेपालको दोस्रो ठूलो शहरमा निर्माण गरिएको २१६ मिलियन डलरको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारका बिषमया गरिएको सरकारी छानबिनले व्यापक भ्रष्टाचार भएको ठहर गरेको छ।’
संसदीय छानबिन समितिको रिपोर्टलाई उदृत गर्दै द न्यूयोर्क टाइम्स लेख्छ– ‘विमानस्थलको ठेक्का प्रक्रियाको शुरुदेखि नै अनियमितता र भ्रष्टाचार भएको उल्लेख छ । साथै नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीसहितका जिम्मेवार पदाधिकारीको संलग्नताबारे समेत समाचारमा उल्लेख गरेको छ । २१६ मिलियन डलर लागतमा निर्माण गरिएको यो विमानस्थलमा सातामा एउटा मात्र अन्तर्राष्ट्रिय उडान हुँदै आएको छ ।’
३६ पृष्ठको प्रतिवेदनलाई उदृत गर्दै द न्यूयोर्क टाइम्सले भनेको छ–‘पोखरास्थित विमानस्थल निर्माणमा संलग्न चीनको राज्य स्वामित्वमा रहेको सिनोम्याक समूहअन्तर्गतको निर्माण कम्पनी चाइना सीएएमसी इन्जिनियरिङले कर समेत तिरेको छैन, तोकिएको मापदण्डअनुसार परियोजना सम्पन्न नगरेको तथा न्यून गुणस्तरका सामग्री प्रयोग गरेर व्यापक भ्रष्टाचार गरेको छ,— जसको मुख्य कारण भ्रष्टाचार र निगरानीको अभाव हो।’
सन् २०२३ मा न्यूयोर्क टाइम्सले प्रकाशित गरेको एक रिपोर्टमा सीएएमसीले विमानस्थलको लागत कृत्रिम रूपमा बढाएको र गुणस्तर नियन्त्रणमा नेपालले गर्न खोजेको प्रयासमा बाधा पुर्याएको उल्लेख गरेको थियो । विमानस्थलको निर्माणको जिम्मा लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले यो परियोजना दुवै देशका लागि महत्त्वपूर्ण भएकाले चीनलाई असन्तुष्ट बनाउन नचाहेकै कारण भ्रष्टाचार भएको टाइम्सले उल्लेख गरेको छ।
लेखा समितिले राजेन्द्र लिङ्देनको नेतृत्वमा उपसमिति गठन गरेको थियो । उपसमितिमा अर्जुननरसिंह केसी, अमनलाल मोदी, गोकुलप्रसाद बाँस्कोटा, जनार्दन शर्मा, तारा लामा तामाङ, दीपक गिरी, देवप्रसाद तिमिल्सिना, प्रेमबहादुर आले र रामकृष्ण यादव सदस्य थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- पेचिलो बन्दै शिक्षक आन्दोलन, शिक्षामन्त्रीद्वारा राजीनामा
- सप्तकोसी नदीमा नुहाउने क्रममा डुबेर दुईजना बेपत्ता
- शिक्षकहरुलाई अविलम्ब वार्तामा आउन प्रधानमन्त्रीको आग्रह
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न नमिल्नेमा
- शिक्षकको विरोध र्यालीका कारण यात्रुलाई सास्ती
- आज पनि शिक्षकहरूको प्रदर्शन जारी
- जिपमा करेन्ट लाग्दा घाइते भएकालाई हेलिकप्टरबाट काठमाडौँ ल्याइँदै
- संवैधानिक निकायका ५२ नियुक्तिविरुद्धको रिटमा आज पनि सुनुवाइ हुँदै
- पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, दुई जना घाइते
- द न्यूयोर्क टाइम्सले लेख्यो पोखरा विमानस्थलमा भएको भ्रष्टाचार मुद्दा