+

बागमती प्रदेशसभामा विभिन्न विधेयक पेश हुँदै

बागमती । बागमती प्रदेशसभामा आज विभिन्न विधेयक पेश हुँदैछ । 


प्रदेशसभाको आजको बैठकमा ‘प्रदेश औद्योगिक व्यवसाय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक,’ तथा  ‘प्रादेशिक व्यापार तथा व्यवसायीसम्बन्धी ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ पेश गर्ने कार्य सूची तय भएको छ । 

बिहान ११ बजे हुने बैठकमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक तथा प्रदेश खेलकुद ऐन संशोधन गर्न बनेको विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिनुभएको छ । 

माघ १८ गतेदेखि प्रारम्भ भएको प्रदेशसभा बैठकको पहिलो दिन नै ती विधेयक सदनमा पेश गर्ने योजना रहेकामा विपक्षी दलको सहमति नहुँदा तिनलाई प्रदेशसभा कार्यसूचीबाट हटाइएको हो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट