+

‘समाज बदल्न उपदेश दिनेले आफैँ बदलिनुपर्छ’

कर्णाली । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले समाज बदल्न उपदेश दिनेहरुलाई आफैँ बदलिन सुझाव दिनुभएको छ । 

ऋति फाउन्डेशनद्वारा सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘नीति र शासनमा युवा कार्यक्रम’मा बोल्दै मुख्यमन्त्री कँडेलले समाज बदल्ने उपदेश दिन सजिलो भए पनि आफैँ बदलिएर देखाउन जटिल हुने बताउनुभयो । उहाँले युवाहरुलाई सभ्य समाज निर्माणमा योगदान दिन सुझाव दिनुभयो ।
 
मुख्यमन्त्री कँडेलले भन्नुभयो– ‘युवाले राजनीतिप्रति वितृष्णा बाँड्ने होइन । यसमै अपनत्व बढाएर जिम्मेवारी लिनुपर्दछ । राजनीतिप्रति वितृष्णा व्यक्त गर्नुको साटो राजनीतिक दललाई सुधार गर्न युवालाग्नुपर्दछ ।’

बाहुबल र खानदानका आधारमा राजनीति गर्ने युग समाप्त भएको टिप्पणी गर्दै उहाँले युवाले उत्कृष्ट कार्यसम्पादन देखाउन सके राजनीतिमा गलत नेतृत्व आफैँ पाखा लाग्ने बताउनुभयो । 

आयोजक संस्था ऋति फाउन्डेशनका अध्यक्ष कमलराज लम्सालले प्रदेशसभा सदस्यलाई सहजीकरण गर्दै राजनीतिमा युवाले उत्प्रेरकको भूमिका निर्वाह गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट