+

‘सामुदायिक विद्यालयमा सुधारको परिणाम देखिन थालेको छ’

काठमाडौँ ।  उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले आफ्नो निर्वाचन क्षेत्रमा रहेका सामुदायिक विद्यालयको स्तर सुधारका लागि गरेको प्रयासको परिणाम देखिन थालेको बताउनुभएको छ । 


आज पद्मकन्या विद्याश्रम माध्यमिक विद्यालयको ७७औँ वार्षिकोत्सव समारोहमा उपप्रधानमन्त्री सिंहले काठमाडौँ क्षेत्र नम्बर १ मा रहेका सामुदायिक विद्यालयहरूले गुणस्तरीय शिक्षा दिन सफल भएको भन्दै खुशी व्यक्त गर्नुभयो । 

विसं २०६४ मा संविधानसभाको निर्वाचनमा काठमाडौँ–१ बाट निर्वाचित भएदेखिनै आफूले सामुदायिक विद्यालयको भौतिक संरचना, शैक्षिक गुणस्तरमा जोड दिइरहेको उहाँको भनाइ छ ।

‘काठमाडौँ–१ मा पर्ने सबै सामुदायिक विद्यालयको स्तर सुधार्न तीनै तहको सरकार मिलेर पूर्वाधार निर्माणमा सक्दो काम गरेका छौँ । हाम्रो निर्वाचन क्षेत्रमा सामुदायिक विद्यालय निजीभन्दा कम छैनन् । राम्रो नतिजा सुन्न पाउँदा खुशी लागेको छ’ उहाँले भन्नुभयो । 

उपप्रधानमन्त्री सिंहले जनप्रतिनिधिका रूपमा सामुदायिक विद्यालयलाई अझ प्रभावकारी बनाउन आवश्यक भूमिका खेल्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलापमा पनि सामुदायिक विद्यालयका विद्यार्थीले राम्रो गरिरहेको उल्लेख गर्नुभयो । 

विद्यालयलाई अझ राम्रो बनाउन निर्वाचित सङ्घ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले मिलेर काम गरिरहेको पनि उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट